कोपा-अमेरिका फुटबलमा आज अर्जेन्टिना र इक्वेडर भिड्दै

विश्वको पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका अन्तर्गत भोलिदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् ।

पहिलो खेलमा भोलि सर्वाधिक सफल राष्ट्र अर्जेन्टिनाले इक्वेडरको सामना गर्नेछ ।

खेल शुक्रवार विहान पौने ७ बजे सुरु हुनेछ ।

प्रिक्वाटरफाइनलमा कोलम्बियासँग बराबरी खेल्दै हिजोमात्र ब्राजिल क्वार्टरफाइनलमा पुगेको हो।

क्वाटरफाइनलमा ब्राजिलले उरुग्वेको‌ सामना गर्दा क्यानडा र भेनेजुएलाबीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै पानामाले कोलम्बियासँग खेल्नेछ ।

कोपा–अमेरिका फुटबलको सर्वाधिक उपाधि हालसम्म अर्जेन्टिना र उरुग्वेले समान १५–१५ पटक जितेका छन् ।

विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता ‘कोपा–अमेरिकाको उपाधि गतवर्ष ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जितेको थियो ।


ताजा खबर