राष्ट्रिय योजना आयोगको कोरोना प्रभावको प्रतिवेदन तयार

कोरोना भाइरसको महामारीले नेपालको समष्ठिगत आर्थिक क्षेत्रमा पारेको प्रभावका सम्बन्धमा राष्ट्रिय योजना आयोगले आफ्नो अध्ययन पुरा गरेको छ । 

चार महिनाको समय लगाएर आयोगले विस्तृत प्रतिवेदन तयार गरी प्रधानमन्त्री र अर्थमन्त्रीसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ ।

आयोगले दुई छुट्टाछुट्टै समिति मार्फत अर्थतन्त्रका अवयवहरुमा कोरोनाले परेको प्रभावबारे अध्ययन गरेको हो ।

आयोगले कोरोनाले मुलुकको आर्थिक र सामाजिक अवस्थामा पारेको समष्टीगत प्रभावको अध्ययन गरेको र प्रभावका वारेमा  दुई छुट्टा छुट्टै प्रतिवेदन तयार भएको जनाएको छ ।

प्रतिवेदनले कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन, त्यसबाट ठप्प भएको विकास निर्माणसहित आर्थिक गतिविधि तथा समग्र अर्थतन्त्रमा परेको प्रभावलाई चिरफार गरेको प्रतिवेदनका सम्बन्धमा शुक्रवार बस्ने आयोगको नियमित बैठकमा छलफल गरी प्रधानमन्त्रीलाई बुझाउने गरी तयारी भएको पनि योजना आयोगले जनाएको छ । –रासस


ताजा खबर