आधारभूत स्वास्थ्य सेवा नियमित गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर २४ हजार २ सय ५३ जनामा कोरोना परीक्षण भएको जनाएको छ ।

घाटीको स्वाब परीक्षण गर्ने पिसीआर विधिबाट ७ हजार ६ सय ८८ र रगत परीक्षण गर्ने छिटो विधिबाट १६ हजार ५ सय ६५ जनाको नमुना परक्षण गरीएकोमा १६ जनाबाहेक अन्यमा संक्रमण नभएको मन्त्रालयले जनाएको छ ।

विभिन्न जिल्लामा छिटो विधिबाट परीक्षण गर्दा केही पोजेटिभ नतिजा आएपनि पिसीआर मेसिनबाट पुुनः परीक्षण गर्दा उनीहरुका संक्रमण नपाइएको मन्त्रालयले जनाएको छ ।

आज स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गएको २४ घण्टामा ४ हजार ८ सय २२ जनाको नमुना परीक्षण गरीएको जानकारी दिनुभयो ।

प्रवक्ता डा. देवकोटाले सोलुखुम्बु र डोल्पा बाहेक सबै जिल्लामा छिटो विधिबाट परीक्षण भइरहेको जानकारी दिनुुभयो ।

हाल देशभर ४ हजार ६ सय ७ जना क्वारेन्टाइनमा रहेका र सम्भावित संक्रमित अर्थात रेडजोनमा रहेका २ सय ५१ जनाको कन्ट्रयाक्ट ट्रेसिङ्ग शूूरु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ललितपुरको पाटन अस्पतालमा पिसीआर मेसिन जडान गरीएसँगै १४ स्थानमा यस प्रविधिबाट कोरोनाको परीक्षण हुुने छ ।

मन्त्रालयका अनुुसार यसअघि परीक्षणका लागि सबै प्रदेशमा ५ हजारका दरले र्यापिट डायग्नोष्टिक टेस्ट किट पठाइएकोमा आवश्यकताका आधार थप ३० हजार किट पठाइएको छ ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडी एमएस अध्ययनरत ३४ जना चिकित्सकलाई सुदुुपश्चिम प्रदेशमा खटाइएको छ ।

सुदुरपश्चिम प्रदेशमा भारतबाट धेरै मानिसहरु घर आएकाले परीक्षणको गति बढाउन थप जनशक्ति आवश्यक परेकाले एक महिनाका लागि थप चिकित्सक पठाइएको हो ।

स्वास्थ्य मन्त्रालयले कतिपय स्थानमा संक्रमणको कारण देखाई आधारभूत स्वास्थ्य सेवा सुुचारु नभएकोमा ध्यानाकर्षण भएको भन्दै कोरोना संक्रमितको उपचार हुने बाहेक अन्य अस्पताल तथा स्वास्थ्य संस्थाबाट नियमित सेवा प्रवाह गर्न आग्रह गरेको छ ।

मन्त्रालयलका प्रवक्ता डा. विकास देवकोटाले नियमित खोप, सुरक्षित मातृत्व, नवजात शिशुु उपचार, परिवार नियोजन, क्षयरोग, मलेरीया र एचआईभीको औषधी वितरण लगायतका आधारभूूत स्वास्थ्य सेवाहरु प्रदान गर्न आग्रह गर्नुभयो ।

आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक पर्ने औषधी तथा उपकरण स्वास्थ्य सेवा विभागबाट व्यवस्था हुने र सेवा दिनेक्रममा भिडभाड नगर्न मन्त्रालयले सम्बद्ध सबैमा अपिल गरेको छ ।

मिडिया ब्रिफिङमा फोक्सो रोग विशेषज्ञ डा. अर्जुन कार्कीले लक्षण नदेखिएका व्यक्तिबाट पनि कोरोना सर्ने भएकाले सतकर्ता आपनाउदै सरसफाईमा ध्यान दिन आग्रह गनुुभयो ।

डा. कार्कीले क्वारेन्टाइन भुक्तान गरेका व्यक्तिमा पनि संक्रमण देखिन सक्ने र परिवार तथा समुदायमा फैलन सक्ने भन्दै लापरवाही नगर्न आग्रह गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयले कूल १६जना संक्रमित मध्ये एक जना यस अघि नै निको भएर घर फकिएको र उपचाररत १५ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । रासस 


ताजा खबर