विश्वभर २१ लाख ८४ संक्रमित, मृतकको संख्या १ लाख ४६ हजार नाघ्यो

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शुक्रबारसम्म मृत्यु हुनेको संख्या एक लाख ४६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।

अमेरिकामा ६ लाख ७८ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ३४ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार १७४ जनाको मृत्यु भएको थियो । दोस्रो र तेस्रो बढी संक्रमित हुनेमा इटाली र स्पेन रहेका छन् । इटालीमा २२ हजार भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख ६८ हजार ५०० नाघेको छ । स्पेनमा भने १९ भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ८४ हजार ५०० नाघेको छ ।
कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १७ हजार ९२० जना र बेलायतमा १३ हजार ७२९ जनाको मृत्यु भएको छ । बेल्जियममा ४ हजार ८५७ जना, जर्मनीमा ४ हजार ९३ जना, नेदरल्यान्ड्समा ३ हजार ३१५ जना, स्वीट्जरल्यान्डमा १ हजार २८१ जना, स्वीडेनमा एक हजार २३३ जना र आयरल्यान्डमा ४८६ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणको पछिल्लो विवरण
क्र.सं. देश कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर २१,८४,७३५ ५,५३,३२३ १,४६,९६९
१. अमेरिका ६,७८,२१० ५७,८४४ ३४,६४१
२. इटाली १,६८,९४१ ४०,१६४ २२,१७०
३. स्पेन १,८४,९४८ ७४,७९७ १९,९१५
४. फ्रान्स १,६५,०२७ ३२,८१२ १७,९२०
५. बेलायत १,०३,०९३ ३४४ १३,७२९
६. इरान ७७,९९५ ५२,२२९ ४, ८६९
७. बेल्जियम ३४,८०९ ७,५६२ ४,८५७
८. चीन ८२,६९२ ७७,९४४ ४,६३२
९. जर्मनी १,३७,६९८ ८१,८०० ४,०५२
१०. नेदरल्यान्ड्स२९,२१४ २५० ३,३१५


ताजा खबर