- डा. अजय पराजुली
लोकतन्त्रका नारा फलाक्नेहरुले
किन बिर्से आज ?
लोकतन्त्रको अर्थ, मर्म
मुल्य र मान्यता
लोकतन्त्र आज लोकतन्त्र होईन
बोकतन्त्र भएको छ ।
बोक्नु परेको छ देशले
दु:ख, पिडा र बेदना ।।
लोकतन्त्र आज लोकतन्त्र होईन
प्यास र भोकतन्त्र भएको छ ।
प्यास हामीलाई लागेको छ
नेता सधैं भोकाएका छन् ।।
लोकतन्त्र आज लोकतन्त्र होईन
लुटतन्त्र भएको छ ।
लुटिएको छ यहाँ हाम्रो आत्मसम्मान र बाँच्ने अधिकार
लुटिएको छ यहाँ चेलीबेटीको ईज्जत र अस्मिता ।।
लोकतन्त्र आज लोकतन्त्र होईन
“लोग”तन्त्र भएको छ ।
“जिसकी लाठी उसकी भैंस”
चलेको छ यहाँ बलतन्त्र ।।
लोकतन्त्र आज लोकतन्त्र होईन
लोटतन्त्र भएको छ ।
सबल सक्क्ष्यम नेपालीहरु पनि
पाईलै पाईलामा लोट्दै हिड्नु परेको छ ।।
भो मलाई त चाहिएन
तिम्रो अर्थ फेरिएको लोकतन्त्र ।
तर जति कराए पनि
कस्ले सुन्ने हाम्रो मन्त्र ??
लोकतन्त्रलाई लोकतन्त्र बनाउन
सचेत हामी हुनै पर्छ ।
लोकतन्त्र बन्दैन लोकतन्त्र
गरेर कुनै तन्त्रमन्त्र ।।
डाक्टर पराजुली काठमाडौँको ब्लुक्रस अस्पताल तथा नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत हुनुहुन्छ।