लकडाउनमा सुचारु ॐ हस्पिटल : अत्यावश्यक सेवासँगै मिर्गौला र क्यान्सरको उपचार

कोभिड-१९ (कोरोना भाईरस)को बिश्वब्यापि महामारीका कारण देश लकडाउनमा रहेका समयमा पनि काठमाडौंको चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले निरन्तर स्वास्थ्य उपचार सेवा प्रदान गरिरहेको छ ।

नेपाल सरकारसँगको सहकार्यमा संचालित सहुलियत सहितको मिर्गौला रोगीहरुको डालाईसिस सेवा तथा क्यान्सरका बिरामीहरुको किमो थेरापि लगायतका उपचार सेवा सुचारु रहेको जनाएको छ ।

हस्पिटलको हेमो डायलाइसिय युनिटमा हरेक दिन १७ जनाको डायलाइसिस हुने गरेको हेमो डायलाइसिय युनिटकी नर्सिङ इन्चार्ज प्रमिला श्रेष्ठले जानकारी दिनुभएको छ ।

त्यसैगरी, हस्पिटलको क्यान्सर उपचार युनिटकी नर्सिङ इन्चार्ज सुशिला राणाले क्यान्सर उपचार युनिटमा लक डाउनको अवधिमा पनि ८ जना देखी १० जना सम्म क्यान्सरका बिरामीले नियमित सेवा लिईरहेको जानकारी दिनु भएको छ ।

आकस्मिक उपचारकक्ष भने लकडाउनका समयमा तुलनात्मक रुपमा बढी व्यस्त हुने गरेको र हरेक दिन औषतमा १० देखी ३० जना सम्म बिरामीले सेवा लिने गरेको इमर्जेन्सि युनिटकी नर्सिङ इन्चार्ज मोक्षदा बरालले जानकारी दिनुभएको छ ।

सघन उपचार कक्षमा पनि लकडाउन अवधिमा ८ जना देखी १० जना बिरामीले को उपचार भईरहेको आइसियुकी नर्सिङ इन्चार्ज सबिना ढकालले जानकारी दिनुभएको छ ।

अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) को संक्रमणका कारण यो समाचार तयार गर्दासम्म विश्वभर एकलाख ७७ हजार ६ सय ८८ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा पनि ४२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । ५ जना उपचार पश्चात घर फर्किसकेको अवस्था छ ।

महामारीको यस्तो जोखिमपूर्ण समयमा निजि हस्पिटलहरुले बिरामीलाई आपतकालनि सेवा पनि उपलब्ध नगराएको र ज्वरोका बिरामीलाई उपचार नगरेको आरोपका बीच काठमाडौंको ॐ अस्पतालले भने कोभिड-१९ लाई लक्षित गरी बिशेष फिवर क्लिनिक, भिन्नै इमर्जेन्सी बेड सहित आठ बेड सहितको बिशेष कोभिड १९ आइसोलेशन वार्ड समेत संचालन गरेको हस्पिटलका मेडिकल को अर्डिनेटर डा. विश्वनाथ कोइरालाले जानकारी दिनुभएको छ ।

ॐ हस्पिटलले लकडाउनमा रहेका बिरामीलाई उपचार सेवामा घरबाटै विशेषज्ञ चिकित्सकसँग अस्पतालमा सहज सम्पर्ककालागि लागि हरेक दिन बिहान ११ः०० बजेदेखी अपरान्ह १ः०० बजेसम्म टेलिमेडिसिन मार्फत समेत सेवा समेत प्रदान गरिरहेको जनाएको छ।

हस्पिटलका प्रशासन एवं बित्त निर्देशक सिए दिपेन्द्र पोख्रेलले सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतको निमित खोप सेवा समेत संचालनमा रहेको जिकिर गर्दै नियमित ओपिडि सेवा बन्द रहेपनि अत्यावश्यक सेवाका लागि सम्बन्धित बिशेषज्ञसँग सम्पर्क गरी सेवा लिनसक्ने ब्यवस्था मिलाइएको समेत जानकारी दिनुभएको छ ।

बिगत दुइदशक अघिदेखी नेपालीहरुलाई सुलभ शुल्कमा स्तरिय उपचार सेवा प्रदान गर्दै आएको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले कोभिड-१९ (कोरोना भाईरस) को महामारीको यो अफ्ठ्यारो समयमा आफ्नो साधन र श्रोतले भ्याएको हर सम्भव हिसावले सहयोग गर्ने प्रतिवद्धता समेत दोहोर्याउनु भएको छ ।


ताजा खबर