नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालमा आज आयोजित नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा ३ जनमा कोरोना संक्रमणको पुष्टि भएको र आजै २ जना उपचार पछि अस्पतालबाट डिस्चार्ज हुनुभएको जानकारी दिनुभयो ।

संक्रमणमा जेष्ठ नागरिकहरुलाई बढी जोखिम हुने भएकाले जेष्ठ नागरिकलाई संक्रमणबाट बचाउन उहाँहरुको विशेष ख्याख गर्न मन्त्रालयले सबैमा आग्रह गरेको प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।

भारत सरकारले विभिन्न १८ किसिमका २३ टन विभिन्न औषधिहरु उपलब्ध गराएको र तिब्बत सरकारले कोभिड १९ को उपचारमा प्रयोगहुने समग्री नेपाललाई उपलब्ध गराएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । रासस


ताजा खबर