शोभा शिलवाल
संसार छाडि गयौ आमा सकिएन फर्काउन ।
बर्ष दिनमा आउँछ औंशी मन धकाउन ।।
जन्माएर छाडिगयौ टुहुरो हाम्लाई बनाई ।
बाँची रहेछु दिन रात मन जलाई जलाई ।।
मुटुमै छौ आमा तिमी, जपी रहन्छु तिम्रो नाम ।
अर्को जुनी भए आमा तिम्रै सन्तान हुँन पाम ।
आमा तिम्लाई सम्झीएर थाल्छ मन पोल्न ।
कति हेर्छु तिम्रो तस्बीर आमा बोलन ।।
आमा नै हो सन्तानको अमूल्य त्यो ठूलो धन ।
आमा तिम्लाई सम्झी सम्झी रुन्छ मेरो मन ।।
गोर्खा जिल्ला घर तिम्रो गण्डकी अञ्चल ।
तिम्लाई सम्झी सँधैं मन हुन्छ चञ्चल ।।
गोर्खा जिल्ला खोप्लाङ गाँउ मखमली थियो नाउँ ।
अर्को जुनी तिम्रै कोखमा जन्म लिन पाउँ ।।
आमा नै हो सन्तानको अमूल्य त्यो ठुलो हार ।
आज तिमी भाको भए गर्थें उपचार ।।
उति बेला सानो थिँए केहि थाहा थिएन ।
ईश्वरले चुँडी लग्यो बाँच्न दिएन ।।
आमा तिम्लाई सम्झिएर सधैं रुन्छ मेरो मन ।
तिमी भन्दा मेरोलागि छैन ठूलो धन ।।
स्वर्गवाट फर्किएर आमा तिमी आइदेउन ।
चर्कीएको मेरो मनमा मल्हम लगाइदेउन ।।
सबैकुरा सोचे जस्तो सम्झेर केही नहुनी।
तिम्लाई सम्झी सम्झी आमा कति म रुनी ।।
आमा सम्झी यो संसारमा को छ नरुनी ।।