झापाको दमकका एक जना ६२ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबार आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै उनमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । त्यस्तै, १० जना निको भइसकेका छन् ।