घरमै नमाज पढ्न र रमजान मनाउन आग्रह

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले घरमै नमाज पढ्न आग्रह गरेका छन् । उनले देशका सबै मुस्लिम धर्मा वलम्बीलाई यसवर्षको रमजानका सबै कार्य घरमै बसेर मनाउन पनि अनुरोध गरेका छन् । देशले कोरोनाभाइरस संक्रमणसँग जुध्न अपनाएको सामाजिक दूरी कायम राख्न पनि अनुरोध गरेका छन् ।

स्वास्थ्य मन्त्रालयद्धारा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अन्सारीले यसै अवसरमा मनाइने र रमजानको अघिल्लो राती पढिने तारवी नमाज समेत घरमै पढ्न आग्रह गरे ।

साथै अंसारीले यो वर्ष मस्जिदमा धर्मगुरु र कमर्चारी गरी पाँच जनाले मात्रै नमाज पढने जानकारी पनि दिए ।

कोरोना भाइरसले कुनै पनि जाति, धर्म, लिङ्ग र वर्णलाई नछोड्ने बताउँदै अन्सारीले यसबाट आफू कसरी बच्ने र सिङ्गो देशबासीलाई कसरी बचाउने भन्नेतिर लाग्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, उनले जमातीका अगुवाको स्वाबको नमुना पनि परीक्षण गरिएको जनाउँदै हरेक मदरासा र मस्जिदमा अनुगमन गरिएको पनि जानकारी दिए ।
मंगलबार काठमाडौँका मस्जिदहरुमा अनुगमन गरिएको र जिल्लाहरुमा पनि अनुगमन गर्न समिति गठन गरिएको अन्सारीले जनाकारी दिए ।

उनले भने, लकडाउन सबैले पूर्ण रुपमा पालना गर्नुपर्छ । यो समुदाय, त्यो समुदाय भन्नुभन्दा सबैले जथाभाबी बाहिर नगई भिडभाड नगरी घरमै बस्यो भने हामी सुरक्षित रहन्छौँ । उनले लकडाउनको पुर्ण पालना देशप्रति रहिआएको बफादारी प्रकट गर्ने अवसर समेत भएको उनले बताए ।


ताजा खबर