देशकै ठुलो सुपर मार्केट भाटभटेनीलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।
लकडाउनका बेला एमआरपीभन्दा बढी मूल्य लिएको भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले टंगालस्थित भाटभटेनी सुपर मार्केटलाई सो जरिवाना गरेको हो ।
आफ्नै मूल्य टाँसेर अत्यधिक पैसा असुल्दै आएको चौतर्फी गुनासोपछि अनुगमनमा खटिएको विभागको टोलीले बढी मूल्य लिएको भेटाएपछि कारबाही गरेको हो ।
सङ्कटकालीन अवस्थामा मौकाको फाइदा उठाउनेमा स-साना मात्रै होइन, ठुलै उद्योगी, व्यापारीसमेत रहेका छन् । यसैको पछिल्लो उदाहरण हो भाटभटेनी सुपर मार्केट ।
विश्वव्यापी महामारीमा चौतर्फी सहायता र सहयोगी भावनाले काम गर्न सरकारले आग्रह गरिरहँदा भाटभटेनीको यो कुकृत्यको जति निन्दा गरे पनि कमै हुन्छ ।