स्वास्थ्य सामाग्री ल्याउन सेनाले पायो अनुमति : २३ बैशाखमा जहाज चीन पठाउने तयारी

सेनाले खरिद गरेका स्वास्थ्य उपकरण तथा सामाग्री ल्याउन चीन सरकारले अनुमति दिएको छ । सेनालाई बुधबार चीनले ‘लेटर अफ एसेपटेन्स’ पठाएको हो ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सकेसम्म २३ बैशाखमा नेपालबाट स्वास्थ्य सामाग्री लिन जहाज पठाउने तयारी भइरहेको बताए । उनले चीन सरकारलाई सामाग्री ढुवानी गर्ने एजेन्टका बिषयमा जानकारी गराइसकिएको बताए । “श्रमिक दिवसका कारण चीनमा यसबिच बिदापर्ने भएकाले केही अप्ठेरो हुन्छ कि भन्ने आशंका हो,” सहायक रथी पाण्डेले भने, “हामी दुई जहाजमा र अन्य सामाग्री स्थलमार्गबाट ल्याउने तयारीमा छौं।”

पत्रकार सम्मेलनमा नेपाली सेनाका ...

नेपाली सेनाले कोभिड–१९ नियन्त्रण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न चिनियाँ कम्पनीसँग सबै प्रक्रिया टुङ्गयाए पनि उताबाट जवाफ नआउदा रोकिएको थियो । चीनले खरिद गरिएका सामाग्री ग्वान्जाउसम्म ल्याइदिने सहमति भएको हो ।

सेनाले स्वास्थ्य, रक्षा र अर्थ मन्त्रालयको समन्वयमा चीनसँग स्वास्थ्य सामग्री खरीद प्रक्रिया टुङ्गाएको हो। स्वास्थ्य सामग्री सरकारसँग सरकार (जीटूजी) माध्यमबाट खरीद गर्न सरकारले निर्देशन दिएको एक सातामा सेनाले प्रक्रिया पुरा गरेको थियो ।

सेनाले अर्थ मन्त्रालयको सहमतिमा चीनको सरकारी स्वामित्वको चाइना सिनोफार्म इन्टरनेशनल कर्पोरेशनलाई ८ चैतमा १ करोड ८४ लाख ४१ हजार ७०६ अमेरिकी डलर (रु.२ अर्ब २४ करोड ४९ लाख) भुक्तानी गरिसकेको छ । नेपाली सेनाका सम्भाररथी विभाग प्रमुख उपरथी प्रभुराम शर्मा र सिनोफार्म इन्टरनेशनल कर्पोरेशनका लागि चीनको वाणिज्य मन्त्रालयका अधिकारीले खरीद सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सेनाले चीनबाट ६७ थरीका स्वास्थ्य र उपकरण सामग्री खरीद गरेको छ। जसमा स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) देखि अस्पताललाई अत्यावश्यक उपकरणसम्म छन् । यी सबै सामग्रीको तौल ३ सय ४२ टन हुन्छ । सेनाले यी सबै सामग्री हवाई मार्गबाट ल्याउँदा २० पटकसम्म चार्टर्ड उडान गर्नुपर्ने भएपछि अत्यावश्यक सामग्री हवाई मार्गबाट र अन्य सामग्री स्थल मार्गबाट ल्याउने भएको हो ।

सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरीदको जिम्मा सेनालाई दिने निर्णय मन्त्रिपरिषद्बाट गरेको थियो। सरकारी निर्णयपछि रक्षा मन्त्रालयले १९ चैतमा सेनालाई जिम्मेवारी दिने विषयमा निर्देशनपत्र दिएको थियो। यस लगत्तै सेनाले सीसीएमसीको गठन गरेर आवश्यक स्वास्थ्य सामग्रीको सूची बनाएर प्रक्रिया अगाडि बढाएको थियो।

यसका लागि सेनाले दूतावास र सम्बन्धित देशमा रहेका सहचारी मार्फत भारत, चीन, इजरायल, सिंगापुर र दक्षिण कोरियासँग स्वास्थ्य सामग्री माग गर्दै पत्राचार गरेको थियो। पत्राचार गरिएमध्ये चीनले स्वास्थ्य सामग्री र भारतले औषधी उपलब्ध गराउन सहमति जनाएका थिए।


ताजा खबर