कोरोना व्यवस्थापन कोषलाई रिलिफ र हुडेकको सहयोग

विश्वव्यापि माहामारिको रुपमा फैलीएको कोभिड-१९ व्यवस्थापनकालागि दुधौली नगरपालिकाले सञ्चालन गरेको कोरोना व्यवस्थापन कोषमा डक्चर इन्टेलीजेन्ट लजेस्टिकको सहयोगमा रिलिफ नेपाल, हुडेक सिन्धुली र टिडिएच जर्मनको साझेदारीमा सञ्चालीत परियोजनाबाट रकम रु ५०००० को चेक हस्तान्तरण गरिएको हो ।

विहिबार दुधौली नगर प्रमुख घनश्याम राउतको कार्यकक्षमा पुगि रिलिफ नेपाल सिन्धुलीका कार्यकारि निर्देशक खुसराज पौडेलले सहयोग स्वरुप नगर प्रमुख राउतलाई चेक हस्तान्तरण गरेका हुन् ।

विपद्को समयमा संघ संस्थाहरुले पु¥याएको सहयोगको प्रसंसा गर्दै नगर प्रमुख राउतले सबै एकजुट भएर कोभिड-१९ विरुद्धको लडाइमा लाग्दा सफलता हातपार्न सहजहुने बताएका छन् ।

दुधौली नगरपालिका वडा नम्वर १, २, ३ र कमलामाई नगरपालिका वडा नम्वर १३ र १४ मा सञ्चालीत उक्त परियोजनाले यस अघि कमलामाई नगरपालिकालाई पनि ५०००० रुपैया सहयोग गरि सकेको छ ।

पृथक दहाल, सफल नेपाल,सिन्धुली 


ताजा खबर