विश्वव्यापि माहामारिको रुपमा फैलीएको कोभिड-१९ कोरोना भाईरस संक्रममण व्यवस्थापनकालागि क्वारेन्टाईन सेन्टर निर्माण र राहत वितरणमा रिलिफ नेपालले सिन्धुली जिल्लाका विभिन्न स्थानिय तहहरुलाई सहयोग पु-याई रहेको छ । दुधौली नगरपालिकामा ५० वेडको क्वारेन्टाईन सेन्टर स्थापनामा सहयोग पु-याएको रिलिफ नेपालले शुक्रवार दुधौली नगरपालिकाकै वडा नम्वर ९ स्थित मुसहर समुदायका २०० घरपरिवारलाई राहत सामग्री र ७५ जना सुत्केरिलाई पोषिलो खानेकुरा वितरण गरेको छ ।
दुधौली नगरपालिका संगको सहकार्यमा राहत सामग्रि वितरणकालागि नगरलाई एकमुस्ट सामग्री हस्तान्तरण गरिएको र नगरले पहिचान गरेको तथ्यांक वमोजिमका घरधुरी र सुत्केरिहरुलाई नगर प्रमुख घनश्याम राउत, अन्य निर्वाचित प्रतिनिधि, कर्मचारिहरु र रिलिफ नेपालका प्रतिनिधिहरुको उपस्थीतिमा राहत सामग्रि वितरण गरिएको हो ।
२०० घरधुरीलाई वितरण गरिएको राहत सामग्रीमा चामल, दाल, चिनि, खाने तेल, नुन, साबुन जस्ता सामग्री रहेका थिए भने सुत्केरिलाई प्रदान गरिएको सामग्रीमा छोकडा, ओड्स (जौंको चिउरा), तेल, चना, चिनि, चियापत्ति, वटर र जाम जस्ता सामग्री रहेको थियो ।
२०० घरधुरीलाई वितरण गरिएको राहतकालागि टिडिएच जर्मनले नगद सहयोग गरेको थियो भने क्वारेन्टाईन निर्माण र सुत्केरिहरुकालागि पोषिलो खानेकुरा वितरणमा टिडिएच जर्मन र अलहेन्डस एण्ड हार्टस्ले नगद साझेदारि गरेका थिए ।
यस संगै दुधौलीनगरपालिका भरि कार्यरत स्वास्थ्य कर्मिकालागि ँँद्धज्ञख् मास्क ८५ थान, सरसफाई सामग्री २० सेट र क्वारेन्टाईनकालागि चिया, चिनि र मरिच जस्ता सामग्री सहयोग गरिएको छ भने प्रकोप व्यवस्थापन कोषमा जम्मा हुनेगरि नगद ५० हजार समेत सहयोग गरेको छ ।
माहामारिको समयमा संस्थाले पु¥याएको सहयोग महत्वपुर्ण भएको भन्दै नगर प्रमुख घनश्याम राउतले धन्यवाद दिनुका साथै आगामि दिनमा समेत संस्थाहरु संग समन्वयात्मक भुमिकामा रहने वताउनु भयो । कोरोना भाईरसबाट नगरलाई सुरक्षित राख्ने कार्यमा नगर प्रतिवद्ध भएर लागेको र संस्थाहरुको सहयोगले थप हौसलामिलेको उहाको ठम्याई छ । नेपालमै कोरोनाको उच्च जोखिममा रहेको उदयपुर जिल्ला संग सिमाना जोडिएको दुधौली नगरपालिकामा विषेश सतर्कता अपनाउनु पर्ने आवश्यकता रहेको र सो अनुसारको व्यवस्थापनमा नगर जुटेको प्रमुख राउतले बताउनु भयो ।
अत्यावश्यक राहत सामग्री संगै बालबालिकाको शिक्षाको लागि तत्कालकालागि घरमै वसेर पढ्ने गरि बैकल्पिक शिक्षाको प्रवन्धकालागि पनि नगरले सोचिरहेको राउतले वताउनु भयो । नगरमा प्रवेश गर्ने नाकाहरुमा कडाई गरिएको र नगरभित्रका गतिविधिलाई भने विस्तारै खुकुलो बनाउदै लगिएको वताईएको छ ।
पृथक दहाल ,सिन्धुली सम्बाददाता