- विपिना उपाध्याय
यस्तो दर्दनाक अवस्था
जहाँ नाबालक शिशु देखि
बूढाबूढी सबै संक्रमित छन्
जहाँ अफै जीवन र मृत्युसगं जुद्ध बिवश छु
भोलि घर फर्किएर जाने हो कि होइन
भनेर आत्तिएको छु
ए सरकार! युद्धभूमिमा त पठायौ
तर बिना कुनै हतियार
अत्यन्तै कहाली लाग्दो छ यहाँको अवस्था
बिरामीको कोलाहल, डाक्टरनर्सहरूको भागदौडी
न त खानाबस्नको कुनै ठेगान छ
न त प्रसस्त मात्रामा कुनै सामान
भोक र निद्रा के हो मानौं यो शरीरले बिराएजस्तो छ
दिनरात बितेको पत्तै हुँदैन
केवल एउटा मास्क र गोल्भसको आडमा
ए सरकार! अगि त बढि नै रहेको छु नि
तर बिना कुनै हतियारलाखौँ लासको ढेरमा अलपत्र परेको म
दाहसंस्कार त परै जाओस
आफ्नै आफन्त मरे कि बाँचे कुनै ठेगान छैन
मुटु कटक्क खान्छ तिम्रो अमानवीय व्यवहार देख्दा
ए सरकार! युद्धभूमिमा त पठायौ
तर बिना कुनै हतियारए सरकार! के दिन्छौ License खोस्ने धम्की
बरू सक्छौ त PPE को व्यवस्था गराइदेउ
RDT र माक्स उपलब्ध गराइदेउ
बिरामी राख्ने ठाउँ मिलाइदेउ
घर परिवारलाई आश्वासन दिलाइदेउ
दीन दुखीलाई राहत बाडिदेउ र
सम्पूर्ण मानव जगतको कल्याण गरिदेउ
ए सरकार! युद्धभूमिमा त पठायौ
तर खोइ त हतियार??
[email protected]