- शोभा शिलवाल
रातै हुन्छ तातै हुन्छ हामी सबको रगत ।
सज्जन बृन्द र सफल नेपाल सबैलाई स्वागत ।।
घरी घरी कोरोनाले मनै झस्काई राछ ।
न रातमा निंद आँउछ, न दिनमा भोक लाग्छ ।।
टिभी हेर्न समाचार सुन्न डर लाग्न थाल्यो ।
कोरोनाले छोड्ने भएन विश्वलाई खाल्टै भित्र हाल्यो ।।
सजिव हो की ? निर्जिव हो यो ? कोरोना भाइरस ।
तँलाई भिसा नचाहिने ११२ राष्ट्र फैलिस ।।
लाजै नभाको नडाकेनी लखर लखर घर घरै गाको ।
दुई लाख ५३ हजार मानव कति सजिलै खाको ।।
छत्तिस लाख उननान्साठी हजारलाई तैंले चइन गरिस् ।
१२ लाखले जिते तँलाई २२ लाखलाई अन्याय गरिस् ।।
ठाँउ ठाँउमा घरबेटी नी निर्दयि नै भा छन् ।
भाडा बालाको ढोका ढोका ढकढकाउन गाछन् ।।
कतिले त ट्वाइलेटमा ताल्चा लगाइदिए ।
मानव भएनी दानवताको परिचय दिए ।।
सरकार भन्छ एक दुई महिना मिनाहा गर घरभाडा ।
बैंकको साँउ ब्याजको हिसाव नै छ कडा ।।
बैंक ले नी ऋणीलाई तनाब नै द्याछ ।
ब्याज स्याज बढाएर हिसब गरी राछ ।।
यतिबेला डेराबाला धुरुधुरु रोएकाछन् ।
घरबेटीले दिनदिनै तनाव दिएकाछन् ।।
सरकारले परिक्षणको दायरा बढाइदिए हुन्थ्यो ।
भोका नाङ्गा जनताले सहज रुपमा बाँच्न पाए हुन्थ्यो ।।
महङ्गी र भोकमरीले सताएको बेला ।
धनी गरिव कसैलाई नगरौंन हेला ।।