- त्रिभुवन ढकाल
भोक र भोजन
निन्द्रा र बिछ्यौना
थकान र विश्रामको
मध्यविन्दुमा उभिएकाहरु
मृत्युले काख च्याप्नै लागेकाहरुमा
प्राण भरेर जिवन फर्काउनेहरु
मानौ
उनीहरु त्यसैका लागि हुन
अनेक पाटाहरु छुटेर आएजस्तो
उनीहरु कुनै ईश्वर होइनन
उनीहरुलाई देवत्वको कुनै आशा छैन
उनीहरुलाई प्रतियोगिताको ताज पनि पहिरिनु छैन
उनीहरुलाई स्वार्णिम अक्षरले अमरता लेखाउनु पनि छैन
उनीहरु कुनै सिपाहि होइनन
तर लडिरहन्छन
हो
महाभारतका अश्विणीकुमार यिनै हुन
रामायणका सुषेन यिनै हुन
युद्द न महामारी
जिवन र मरणको संग्राममा उभिएर
जिवन फर्काउने फ्लोरेन्स नाइटिङ्गेलहरु यिनै हुन
हो
संजिवनी बुटीको पर्वत उठाउने हनुमान यिनै हुन
केवल बचाउनका निम्ति
उनीहरुले मृत्युभूमिमा जिवनको आवश्यकता देखे
महामारीमा साहाराका अन्तिम लाठी बने
किल्लामा लड्नेहरु त अमर भए
के अस्पतालमा लड्नेहरुको गित कसैले गाउँदैनन्??