सामाजिक सञ्जाल फेसबुकका परिकल्पनाकार तथा सिइओ, अमेरिकी युवा मार्क जुरकबर्ग आज आफ्नो ३६ औं जन्मदिन मनाउँदैछन् । उनलाई सफल नेपाल परिवारको तर्फबाट पनि जन्मदिको धेरे धेरै शुभकामना ।
जुरकबर्ग विश्वका सबैभन्दा कम उमेरका अर्बपति हुन्। उनीसँग अहिले नै ७६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ। जुन १५० खर्ब नेपाली रूपैयाँभन्दा बढी हो। फेसबुकको लोकप्रियतासँगै उनको यो सम्पत्तिमा पनि वृद्धि हुँदै गएको छ। अहिले फेसबुकमा आफ्नो एकाउन्ट खोल्ने व्यक्तिहरूको संख्या ५० करोड नाघेको छ। विश्वभर एकसाथ १५० करोडभन्दा बढी व्यक्ति यो सोसियल नेटवर्कसँग जोडिएका हुन्छन्।
फेसबुकको यही लोकप्रियतालाई ध्यानमा राख्दै टाइम म्यागाजिनले यो वर्ष मार्कलाई वर्ष व्यक्तित्व २०१०को सम्मान दिएको छ। उक्त म्यागजिनले यति कम उमेरका व्यक्तिलाई यस्तो पद विरलै दिएको छ। यसअघि १९२७मा अमेरिकी विमान चालक चाल्न लिन्डवर्ग तथा १९५२मा बिर्टेनकी महारानी एलिजाबेथ द्वितीयलाई कम उमेरमै वर्ष व्यक्तित्व घोषणा गरिएको थियो। विमान चालक तथा बेलायती महारानी दुवै उक्त सम्मान पाउँदा २६ वर्षका थिए।
सन् २००४मा हार्वर्ड युनिभर्सिटीमा अध्ययन गर्दागर्दै मार्कले विश्वलाई जोड्ने एउटा सेतु निर्माण गर्ने योजनाका साथ फेसबुकको निर्माण गरेका थिए। केही साथीको सहयोगमा खुलेको यो साइटका लागि काम गर्ने कर्मचारीको संख्या अहिले १ हजार ७ सय छ। सबैभन्दा रमाइलो कुरा यो साइटमा काम गर्ने अधिकांश कर्मचारी उनीभन्दा बढी उमेरका छन्। साइटलाई विवादरहित एवं लोकप्रिय बनाउन जुबेरवर्गले ११ जना विशेषज्ञ राखेका छन्।