भुटानमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपमा आज (शुक्रबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको दोस्रो खेलमा नेपालले पहिलो संस्करणको विजेता बंगलादेशसंग खेल्न लागेको हो । थिम्पुमा हुने खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे शुरु हुनेछ ।
प्रतियोगिताको फाईनल पुग्न नेपाललाई बंगलादेशविरुद्वको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा नेपाल भारतसंग ४–१ को फराकिलो अन्तरले पराजित भएको थियो ।
बंगलादेशले पहिलो खेलमा घरेलु टोली भुटानलाई २–० गोल अन्तरले हराएको थियो । आजै हुने अर्को खेलमा भारतले भुटानसँग खेल्नेछ ।
भारत र बंगलादेश दोस्रो खेलमा जित निकाल्दै फाईनल यात्रा तय गर्न चाहन्छन् । राउण्ड रोबिन लिगका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो ।