कोभिड-१९ ले मृत्यु भएकाको शव एकमिटर टाढैबाट मात्र हेर्नुपर्ने : यस्तो छ, शव व्यवस्थापन कार्यविधि

कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको शव व्यवस्थापन गर्दा  एकातिर सकेसम्म छिटो गर्नुपर्छ भने अर्काेतर्फ आफन्तहरुले छुन पाउने छैनन् ।

हेर्नुपरेमा पनि एक मिटर टाढैबाट पालैपालो हेर्नुपर्ने कार्यविधि सरकारले बनाएको छ ।

कोभिड १९ बाट मृत्यु भएकाको शव आफन्तले एकमिटर टाढैबाट हेर्न मात्र पाउने (कार्यविधिको पूर्ण पाठ)

नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । उनको शनिबार बेलुका पशुपतिको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिएको धुलिखेल अस्पतालले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको मृत्यु भएमा कसरी शव व्यवस्थापन गर्ने भनेर १९ बुँदे ‘कोभिड १९ का कारण मृत्यु भएको व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी स‌ंक्षिप्त कार्यविधि २०७६’ बनाएको छ ।

कार्यविधि अनुसार आफ्नो-आफ्नो परम्परा अनुसार नछोइ पूजा पाठ गर्ने वा जल छर्कने जस्ता काम भने गर्न सकिने उल्लेख छ ।

मृत्यु भएकाको शरीरमा जीवाणु जिउँदै हुने भएकाले सकेसम्म छिटो दाहसंस्कार गर्नुपर्छ । सामान्यतयाः पोष्टमार्टम गर्नुनपर्ने उल्लेख छ । शव गृहसम्म पुर्‍याउँदा शव बोक्ने शववाहनका चालक तथा कर्मचारीले पनि पीपीई लगाउनु पर्ने उल्लेख छ । नेपालमा एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

शव व्यवस्थापन कार्यविधिको पूर्ण पाठ

रासस


ताजा खबर