कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटिएको नक्सा पारित

सरकारले नेपालको कालापानी, लिम्पुयाधुरा र लिपुलेक क्षेत्र समेटिएकाे नक्सा पारित गरेको छ ।  सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री  डा.युवराज खतिवडाले साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले नेपालकाे नक्सा अद्यावधिक गरेकाे बताउनुभयाे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्तावित नेपालकाे नक्सा स्वीकृत गरेकाे जानकारी मन्त्री खतिवडाले दिनुभयाे।

याे नक्साले नेपालकाे उत्तरी, पूर्वी, दक्षिणि, पश्चिमी अन्तर्राष्ट्रिय सीमाहरूसहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेकाे उहाँले बताउनुभयाे । उहाँका अनुसार याे नक्सा नेपालकाे सबै किसिमका प्रशासनिकलगायत सबै प्रबन्धहरूमा प्रयाेग गर्ने गरी सरकारले निर्णय गरेकाे छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको छ । सो क्षेत्रमा नेपाली भूभामा भारतले सडक निर्माण गरे पछि त्यसको सर्वत्र विरोध भएपछि सरकारको सो निर्णय भएको हो ।

No photo description available.

रासस


ताजा खबर