कोभिड-१९ नियन्त्रणमा विश्व स्वास्थ्य सङ्गठनको भूमिकाबारे स्वतन्त्र छानबिन हुने

कोरोना महामारीको क्रममा विश्व स्वास्थ्य सङ्गठनले उठाएको कदम र उसको गतिविधिबारे स्वतन्त्र छानबिन हुने भएको छ । यूरोपेली संघले विश्व स्वास्थ्य सङ्गठनको साधारण सभामा सङ्गठनको भूमिकामाथि सवाल उठाउँदै छानबीनको माग गरेको थियो।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानोमले महामारीको क्रममा सङ्गठनको जवाफदेहितासम्बन्धमा गरिएको आलोचनाको जवाफ दिने क्रममा उक्त घोषणा गर्नुभएको हो । यद्दपि आफ्नो बचाउ गर्नुहुँदै उहाँले स्वास्थ्य सङ्गठनले नियमित र सुरुवाती अवस्थामा नै महामारीबारे विश्व समुदायलाई सचेत गराएको दावी गर्नुभयो ।

विश्व स्वास्थ्य संगठनको साभारण सभालाई सम्बोधन गर्नुहुँदै डा. टेड्रोस

यूरोपेली संघको प्रस्तावको स्वागत गर्नुहुँदै महानिर्देशक डा. टेड्रोसले  सदस्य राष्ट्रलाई विश्वासमा लिएर विश्व स्वास्थ्य सङ्गठनको भूमिकाबारे छानबीन गर्न स्वतन्त्र समिति छिट्टै गठन गरिने बताउनुभयो ।

साधारण सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “विगतले शिक्षा दिन्छ, छिट्टै नै समिति गठन गरेर आएको निस्कर्षबाट विगतकाे अनुभवले दिने सन्देशबाट सिक्ने तथा कमीकमजोरीलाई विश्वव्यापी महामारीको बेला तयारी र जवाफदेहिताको सन्दर्भमा राम्रो गर्ने अवसर जुराउनेछन् । ”

कोरोना भाइरस पहिलोपटक चीनको वुहान शहरमा फेला परेको थियो । सङ्क्रमण फैलन नदिन विश्व स्वास्थ्य सङ्गठनले समयमै उपयुक्त कदम नचालेको भन्दै उसको आलोचना हुँदैआएको छ । बीबीसी


ताजा खबर