कतारको कारागारमा रहेका ८ नेपालीले आममाफी पाएका छन् । विभिन्न अभियोगमा सजाय भोगिरहेका नेपालीलाई रमादानको अवसर पारेर आममाफी दिइएको हो ।
कतारका राजा शेख तमिम बिन हमाद अल थानीले बन्दी जीवन बिताइरहेका आठ नेपालीलाई रमादानको अवसर पारेर आममाफी दिनुभएको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ ।
कतारका कारागारमा चार जना कुटपिट, दुई जना चोरी र दुई जना सवारीजन्य कसुरमा सजाय भोगिरहेका थिए । रासस