मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई सामूहिक रूपमा अङ्ग्रेजीमा डायबिटिज मिलाइटस वा मधुमेह भन्ने गरिन्छ ।
रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन् । उपचार गरेन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ । उपचार नगरिएका मधुमेहका रोगीहरूमा साधारणतया तौल घट्ने, धेरै पटक पिसाब लाग्ने (पोलियुरिया), धेरै तिर्खा लाग्ने (पोलिडिप्सिया) तथा धेरै भोक लाग्ने (पोलिफेइजिया) जस्ता लक्षणहरू देखिन्छन्
घरेलु औषधि प्रयोग
–खाद्य पदार्थकै रूपमा प्रयोग गरिने वस्तुद्वारा पनि चिकित्सा गर्न सकिन्छ । यदि मधुमेह वंशानुगत छ र शरीर मोटो पनि छ भने निमको पातलाई थिचेर २ चम्चा रस बिहान खालीपेटमा दैनिक ४–५ महिनासम्म खाने ।
–तितेकरेलालाई खानाको रूपमा सधैं प्रयोग गर्ने । तिते करेलाको पातलाई थिचेर २ चम्चा बिहान खाली पेटमा खाने यदि पेटमा वायु बनेको छ भने सानो केराउको गेडा जति हिङ फुराएर रसमा मिलाई खाने ।
–अंकुरित चनालाई दिनमा २ पटक काँचै र रोटीतरकारी पकाएर खानाले राम्रो गर्दछ । यो पौस्टिक पनि छ । लसुन १ पिस (कली(केसरा) बिहान खाली पेटमा खाने । १० पिस सफा बेलपत्र पिसेर कल्क बनाई पानीसँग खाने ।
–हर्रो २५ ग्राम, बर्रो २५ ग्राम, अमला २५ ग्राम, जिरा २५ ग्राम, कुटकी २५ ग्राम, चिराइतो २५ ग्राम, सुठो २५ ग्राम, तेजपात ५० ग्राम, गुर्जो ५० ग्राम, मेथी १०० ग्राम, जामुनको भित्रको कडा भाग (गुठली) १०० ग्राम, आँपको बियाँभित्रको गुदी १०० ग्राम खाने ।
माथि उल्लिखित द्रव्यको अलग अलग चूर्ण गरी एक साथ मिलाई १–१ चम्चा निम पत्ताको रस, करेला पत्र स्वरस, गुर्जो पत्र स्वरससँग बिहान बेलुकी खाली पेटमा खानाले अत्यन्त फाइदा गर्दछ ।
उपर्युक्त चूर्ण खानलाई स्वरस (थिचेर चिरेर निकालेको रस) नमिले पानीसँग मात्र पनि खान सकिन्छ । सबै मिलाउन नसकेमा एक द्रव्यमा मेथी बिज चूर्ण, तिते करेलाको तरकारी, पत्र स्वरस, कुटकी चूर्ण, तिते करेलाको तरकारी, पत्र स्वरस, कुटकी चूर्ण, चिराइतो चूर्ण, निम्ब बिज चूर्ण कुनै एक मात्र भए पनि माथि उल्लिखित स्वरस, पानीसँग खाने गर्नाले मधुमेहका रोगीमा अत्यन्त फाइदा गर्दछ ।
हर्रो ५० ग्राम, वर्रो ५० ग्राम, अमला ५० ग्राम लिई अलग अलग चूर्ण बनाई एउटा बट्टामा राख्ने । १–२ चम्चा सुत्ने समयमा खानाले शरीर स्वास्थ राख्नमा पद्दत पुर्याउँछ । सकभर दैनिक प्रातः भ्रमण गर्ने र रात्रिमा सम्पूर्ण शरीर मालिस गर्ने । यदि शरीर दुख्ने भएमा सातामा १–२ दिन वाष्प स्नान गर्ने ।