भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख १२ हजार नाघेको छ ।
एकै दिन थप ५ हजार ५५३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख १२ हजार २८ पुगेको हो।
भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ४३४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप १३२ जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्याइएको छ । सार्क मुलुकहरुमा सवैभन्दा बढि प्रभावित भारत रहेको छ । रासस