- डा. एलिजा अर्याल
.
म डाक्टर,
जनताको सेवामा तल्लिन ।
देशको सेवा गर्ने जोस र जाँगरका साथ
अगाडि बढिरहेका मेरा पाइलाहरू,
आफ्नै गतिमा
लम्किन चाहन्छन् ।
म सुई लगाउँछु, औषधी चढाउछु
तर उ भने ,मेरो शरीरमा फलामको रड चढाउँछ ।
म उस्को शरीरमा रगतका थोपा चढाउँछु
तर उ भने ,मेरो शरीरबाट रगतको धारा छुटाउँछ ।।म उसको घाउमा मलमपट्टी गर्छु
तर उ भने, मलाई चोट दिन्छ ।
म उसैका लागि prescription लेख्छु
तर उ भने ,मलाई औषधी कम्पनीको दलाल भन्ठान्छ ।।म घाँटीमा stethoscope झुडाउछु
तर उ भने मेरो घाँटीमा ज्यानमाराको ट्याग झुन्ड्याईदिन्छ ।
म सेतो कोट लगाउँछु, उपचार गर्छु
तर उ भने, मेरो शरीरमा सेतो कात्रो लपेट्न खोज्छउ विरामी हुन्छ, मेरो शरणमा पर्छ
म दिनरात नभनी अनिदो बस्छु, सेवा गर्छु
तर, उ मेरो लगन अनि मेहनतको कदर गर्दैन
बरु ,यसको श्रेय दिन्छ त केवल भगवानलाई मात्रै!म दर्जनौ किताबका ठेलीहरु पढ्छु
परिवार देखि टाढिएर दशौं बर्ष सम्म कठिन तपस्या गर्छु ।
तर, कालगतिले उसको आफन्त टाढिदा
मेरो मेहनत र ज्ञानको के दोष ?म आफ्नो नामको अगाडि डा. लेख्छु
तर, उ मेरो नामको अघि स्व. थपिदिन चाहन्छ ।
अनि आफ्नो गन्तव्य तर्फ लम्किएका
मेरा ससाना पाइलाहरु अनायासै रोकिन्छन्।।देश र जनताको सेवा गर्ने बाचा लिइ
मेलापर्व र आफन्तहरुबाट टाढिएकी म
आफ्नो परिचय कसरी दिउँ ;
म डाक्टर वा
कठै! म डाक्टर ???