‘नेपाललाई भुपरिवेष्ठितबाट भूजडित राष्ट्र बनाउन मद्दत गर्नेछौं’ – चिनियाँ राष्ट्रपति सी चिनफिङ

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासका लागि रणनीतिक साझेदारी गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले नेपाललाई भूपरिवेष्टीत राष्ट्रबाट भूजडित राष्ट्र बनाउन मद्दत गर्ने आश्वासन दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले दुई देशले अझ बढी बहुपक्षीय सहकार्य गर्नेछ विश्वास व्यक्त गरेका हुन् ।

चिनियाँ भाषामा सम्बोधन गरिएको र अनुवाद गरिएको सम्बोधनका क्रममा राष्ट्रपतिले शरद ऋतुमा फूल फुलेको, कान्तिपुर नगरीमा आफ्नो पहिलो भ्रमण रहेको बताए ।

‘नेपालको राजनीतिक स्थायित्व, सदभाव र खुसी देख्दा हर्ष लागेको छ,’ शीले भने, ‘मलाई आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् ।’

राष्ट्रपति सीले चीन नेपाल दौत्य सम्बन्ध मैत्रीपूर्ण नमूना भएको बताए । ‘चीन र नेपालको बीचमा केही समस्या छैन मित्रता मात्र छ’ उनले भने । उनले अगाडि थपे, ‘दुवै पक्षले सहकार्य गरेर, विकास र समृद्धितर्फ अघि बढ्ने र रणनीतिक साझेदारी गर्ने निर्णय गरेका छौं ।’

राष्ट्रपति सीले नेपालसँग सीमापार रेल्वे विस्तारका लागि सम्भाव्यता अध्ययन गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘मलाइ आशा छ, अझ सुविधाजनक कनेक्टिभिटी संजाल निर्माण हुनेछ । हामीले चीन नेपाल सीमापार नेपाल सम्भाव्यता गनेएछौ, अरनिको राजमार्गको स्तरोन्नती गर्नेछौ । केरुङ-काठमाडौं सडकको सुरुङ मार्ग बनाउनेछौ ।’

राष्ट्रपति सीले दुई देशबीचको समझदारी बढ्ने विश्वास व्यक्त गरे ।

‘सन् २०२० को भ्रमण वर्षको अवसरमा हामीले बढी भन्दा बढी चिनियाँ पर्यटक नेपाल आउन प्रेरित गर्नेछौ,’ राष्ट्रपति सीले प्रतिबद्धता व्यक्त गर्दै भने, ‘दुई देशका बढी भन्दा बढी शहरलाई भगिनी शहर बनाउन प्रेरित गर्नेछौं, जसबाट दुई देशका मित्रता अंकुरन होस् ।’

राष्ट्रपति सीले दुई देशले अझ बढी बहुपक्षीय सहकार्य गर्ने विश्वास व्यक्त गरे । ‘मलाइ धेरै खुसी लागेको छ, भ्रमणको क्रममा नेपालसँग मिलेर चीन-नेपालबीच नयाँ खाका बनाउन सकेकोमा खुसी छु । भोलि प्रधामनन्त्रीसँग द्विपक्षीय चासो र बारेमा छलफल गर्नेछौ,’ सीले भने ।

राष्ट्रपति सीले आफूहरू मिलेर  बनाएका योजना पूरा गरेरै छाड्ने प्रतिबद्धताको व्यक्त गरे । ‘संयुक्त प्रयासद्वारा दिपक्षीय सम्बन्धको नयाँ परिभाषा स्थापित गरौँ,’ उनले भने, ‘नेपालको समृद्धि र चीन नेपालको सम्बन्ध पुस्तौ पुस्ताको लागि स्थापित गरौँ, यहाँ उपस्थित सबैको सुस्वास्थ्यको कामना गर्दछु, चियर्स !’ ।

राष्ट्रपति सीभन्दा पहिला सम्बोधन गरेकी राष्ट्रपति भण्डारीले नेपाली जनता नेपाल र चीन रेलमार्गले जोडिएको हेर्न चाहेको बताएकी थिइन् ।


ताजा खबर