टासी घलेलाई मानार्थ अध्यक्षमा फर्काउने एन्फाको निर्णय

अखिल नेपाल फुटबल संघ एन्फाले टासी घलेलाई मानार्थ अध्यक्षमा पुन फर्काउने निर्णय गरेको छ ।

आज बसेको एन्फाको कार्यसमिति आपतकालिन बैठकले पूर्व मानार्थ अध्यक्ष घलेलाई सोही पदमा पुन नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि एन्फाले मानार्थ अध्यक्ष पद खारेज गरेको थियो । यस्तै, बैठकले भक्तपुर जिल्ला फुटबल संघको कार्यसमितिलाई बिघटन गरी तदर्थ समिति गठन गरेको छ ।

विधान विपरित कार्यसमिति निर्वाचित भएको देखिएको भन्दै एन्फाले भक्तपुर जिल्ला संघलाई भंग गर्दै तदर्थ समिति गठन गरेको हो । यसअघि हिजो आव्हान गरिएको आपतकालिन समितिको बैठक कोरम नपुगेर रद्द भए पछि एन्फाले आज पुनह कार्यसमितिको आपतकालिन बैठक बोलाएको थियो । रासस


ताजा खबर