कोरोनको उपचारमा‘डेक्जामिथासोन’ निकै प्रभावकारी रहेको बेलायति बिज्ञहरुको दाबी

कोरोनाभाइरसको सङ्क्रमणबाट गम्भीर भएका बिरामीका लागि जीवन दिने एउटा सस्तो र सर्वव्यापी रुपमा उपलब्ध हुने औषधि उपयोगी हुने प्रमाणित भएको छ । बेलायती विज्ञहरूका अनुसार ‘डेक्जामिथासोन’ स्टेरोइडको थोरै खुराक कोरोनाभाइरस बिरामीको उपचारमा महत्वपूर्ण सफलता लिएर आएको छ ।

कोरोनाभाइरसको उपचारमा उपयोगी हुन सक्ने सम्भावनाका बीच डेक्जामिथेसोन विश्वकै सबैभन्दा ठूलो ट्रायल परीक्षणको क्रममा रहेको छ । डेक्जामिथेसोनको प्रयोगले कोरोना सङ्क्रमणले भेन्टिलेटरमा रहेका बिरामीमा एक तिहाइले मृत्युको जोखिम टार्नेछ । अक्सिजन लिने बिरामीमा मृत्युको जोखिम करिब २० प्रतिशतले घटाउनेछ ।

विज्ञहरूका अनुसार डेक्जामिथेसोनको कोरोना सङ्क्रमितमा प्रयोग गरिएको भए बेलायतमा पाँच हजार जत्तिकै जीवन बचाउन सकिन्थ्यो । विपन्न राष्ट्रहरूमा यसको प्रयोगले कोभिड–१९ का बिरामीमा अत्यन्तै फाइदाजनक हुने बताइएको छ ।

2020-06-16-16632

डेक्जामिथेसोनको प्रयोगले प्रत्येक २० जना बिरामीमध्ये १९ जनालाई अस्पताल नै नपुर्याइ निको भएका छन् । अस्पतालमा भर्ना भएपनि अधिकांश निको भए । तर केहीमा भने अक्सिजन वा मेकानिकल भेन्टिलेटसनको आवश्यकता पर्यो । उच्च जोखिममा रहेका बिरामीमा डेक्जामिथेसोनको प्रयोग अत्यन्तै उपयोगी सिद्ध भएको पाइयो ।

उक्त औषधि यसअघि सूजन घटाउन प्रयोग गरिँदै आएको छ । कोरोनाभाइरससँगै लड्दा शरीरको प्रतिरक्षा प्रणाली अत्यधिक खर्च हुँदा डेक्जामिथेसोनले त्यसबाट हुने क्षति रोक्न सहयोग गर्छ । शरीरले अत्याधिक प्रतिक्रिया जनाउनुलाई ‘साइटोकिन स्टर्म’ भनिन्छ ।

अक्सफोर्ड विश्वविद्यालयको नेतृत्वमा गरिएको ट्रायलमा डेक्जामिथेसोन दुई हजार अस्पतालमा भर्ना भएका कोरोनाभाइरसको बिरामीमा प्रयोग गरियो । त्यसैगरी चार हजार जनालाई उक्त औषधि दिइएन । “भेन्टिलेटरमा रहेका बिरामीमा मृत्युको जोखिम ४० देखि २८ प्रतिशत घटाउने देखियो, अक्सिजन आवश्यक हुने बिरामीमा २५ देखि २० प्रतिशतसम्म मृत्युको जोखिम घटाउँछ ।” प्रमुख अनुसन्धानकर्ता प्राध्यापक पिटर होर्बीले बताउनुभयो ।

“डेक्जामिथेसोन मृत्युदर घटाउने एकल औषधि हो, र यसले महत्वपूर्ण परिमाणमा मृत्युदर घटाउनेछ । कोरोनाविरुद्ध यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो ।” उहाँले थप्नुभयो । अनुसन्धानको नेतृत्व गर्नुभएका प्राध्यापक मार्टिन लैण्ड्रेले भेन्टिलेटरमा रहेका प्रत्येक आठ जना बिरामीलाई बचाउन सकिने बताउनुभयो ।

“यसले अत्यन्तै स्पष्ट फाइदा पुर्याएको छ, डेक्जामिथेसोनको दश दिनसम्म प्रयोग गर्दा बिरामी निको हुन्छ । जीवन बचाउन औषधिमा लाग्ने खर्च करिब ३५ यूरो हुन आउँछ । यो औषधि विश्वभरि पाइन्छ ।” लैण्ड्रेले खुलाउनुभयो । उहाँ अस्पतालले कोरोनाभाइरसका जटिल बिरामीमा डेक्जामिथेसोनको प्रयोग गर्न ढिलाइ गर्न नहुने बताउनुहुन्छ । तर व्यक्तिले आफैँ खरिद गरी उक्त औषधिको प्रयोग जथाभावी गर्न नहुने उहाँ सुझाउनुहुन्छ । तर डेक्जामिथेसोनको प्रयोग श्वास लिन कठिनाइ नहुने बिरामीमा भने उपयोगी हुने छैन । गत मार्च महिनादेखि उक्त औषधिको ट्रायल हुँदैआएको थियो ।

एन्टीभाइरल औषधि रेम्डीसिभिर भने यसअघिदेखि नै छिटो निको हुन प्रयोगमा ल्याइएको छ । इबोला भाइरसविरुद्ध रेम्डीसिभिर प्रयोग गरिएको थियो । तर रेम्डीसिभिरको प्रयोगले मृत्युदर घटाउने पर्याप्त प्रमाण अझै फेला परेको छैन । पन्ध्र दिनमा निको हुने बिरामीमा रेम्डीसिभिरको प्रयोगले ११ दिनमा निको बनाउँछ ।कोभिड–१९ को मृत्युदर घटाउन प्रयोग हुने उक्त औषधि नयाँ भने होइन । “यो उत्सव मनाउने बेला हो, किनभने यसको व्यापक पहुँचले विश्वभरि प्रयोगमा ल्याउन सकिनेछ ।” होर्बीले बताउनुभयो ।

डेक्जामिथेसोन करिब सन् १९६० देखि प्रयोगमा ल्याइएको औषधि हो । आस्थमा, अर्थराइटिस र रहुमेटोइडका बिरामीमा डेक्जामिथेसोन प्रयोग हुन्छ । आइसीयुमा रहेको बिरामीको शिराभित्र उक्त औषधि दिइन्छ । तर कम जोखिममा रहेका बिरामीमा भने उक्त औषधि टेब्लेटको रुपमा दिन सकिनेछ ।

रेम्डीसिभिरझैँ डेक्जामिथेसोनको आपूर्ति सीमित छ । र यसको मूल्य अझै घोषणा हुन बाँकी नै छ ।
(बीबीसीका लागि मिसेल रोबर्ट्सले गर्नुभएको रिपाेर्टको अनुवादित अंश)


ताजा खबर