लिभरपुललाई ३० बर्षपछि इङ्लिस प्रिमियर लिगको उपाधि

लिभरपुलले इङ्लिस फुटबल लिग प्रिमियर लिगको उपाधि जितेको छ । साविकको विजेता म्यानचेष्टर सिटी र चेल्सी क्लवबीचको खेलमा चेल्सी विजयी भएपछि लिभरपुलले बाँकी खेल नखेल्दै उपाधि जितेको हो ।

३० बर्षपछि इङ्लिस फुटबलको प्रतिष्ठित उपाधि जितेको लिभरपुलको यो १९औं उपाधि हो । सन् १९८९-९० मा उपाधि जिते यता कुनै पनि उपाधि जित्न नसकेको लिभरपुल त्यसयता पहिलो पटक च्याम्पियन बनेको हो ।

2020-06-26-17276

८६ अंक जोडेको लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीसंग २३ अंकको स्पष्ट अग्रता बनाएको थियो । तर अझैपनि सिटीले आफ्नो खेल जितेको अवस्थामा यसले अर्को एउटा जित दर्ता गराउनुपर्ने थियो । तर चेल्सीसंग २-१ गोल अन्तरले पराजित बनेको सिटीको नतिजाले जुर्गन क्लोपको नेतृत्वमा रहेको लिभरपुल विजेता बन्यो र उपाधि जित्यो ।

एनफिल्ड रंगशालामा दर्शकहरुको उपस्थिति विना नै लिगका बाँकी प्रतियोगिताहरु सञ्चालन गराइएका थिए । तर शहरका मेयरले सामूहिक रूपमा भेला नहुन भनिरेको भएपनि लिभरपुलका हजारौं समर्थक आफ्नो क्लवले जितेको घडीमा रमाउन घर बाहिर निस्किए र खुशियाली साटासाट गरे । रंगशाला बाहिर भेला भएका समर्थकहले लिभरपुलको पक्षमा नारा लगाउदै पटाका पड्काएर खुशि व्यक्त गरे । बीबीसी


ताजा खबर