नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीकाे तेस्रो दिनको बैठक सोमबार सकिएको छ । हिजो २२ जना सदस्यले विचार राख्नुभएको र सीमा अतिक्रमणको विषयमा छलफल भएको र त्यसमा सदस्यहरूले सीमा समस्या समाधानकाे गम्भीर प्रयासमा जोड दिनुभएको बैठक पछि पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठक असार १६ गते मंगलबार ११ बजे बस्ने तय भएको छ ।