प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन अजरवैजान जाने भएका छन् ।
अजरवैजानमा हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली कात्तिक ७ गते त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।
नेपाल असंलग्न राष्ट्रहरुको समूहको २५ मध्येको एक संस्थापक हो ।
असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलन अजरबैजानको राजधानी बाकुमा अक्टोबर २५–२६(कात्तिक ८–९)मा हुँदैछ ।
त्यसअघि अक्टोबर २३–२४ मा मन्त्रिस्तरीय बैठक हुँदैछ ।
बाकु शिखर सम्मेलनबाट अजरबैजानले आगामी तीन वर्षका लागि सअंलग्न राष्ट्रहरुको अध्यक्षता गर्ने छ ।
असंलग्न आन्दोलने विश्वका १२० देशलाई एकजुट गरेको छ ।