कोरोनाका कारण सञ्चालन हुँदाहुँदै विश्वविद्यालय तहका परीक्षाहरु स्थगित भएपछी विद्यार्थीहरु अन्यौलमा छन् ।
अब फेरी कहिले परीक्षा हुन्छ भन्ने अन्यौल रहेकै बेला विश्वविद्यालय अनुदान आयोगले माथिल्लो कक्षा अथवा सेमेष्टरको पठन पाठनमा समावेश हुन पाउने सुझाव सहितको निर्देशिका तयार गरेको छ ।
कोरोना महामारीका कारण स्थगित भएका विश्वविद्यालय तहका विभिन्न परीक्षाहरु हाल सञ्चालन गर्न सम्भव नभएमा विद्यार्थीलाई माथिल्लो कक्षा अथवा सेमेस्टरको पढाईमा सहभागी गराउन विश्वविद्यालय अनुदान आयोगले सुझाव दिएको छ ।
नेपालका विश्वविद्यालयहरुमा ई-सिकाई तथा परीक्षा प्रणाली व्यवस्थित गर्न बनाइएको निर्देशिका मार्फत् आयोगले सहज वातावरण भएपछि दुबै तह र सेमेष्टरका परीक्षा सञ्चालन गर्न सुझाव दिएको छ । अन्तिम परीक्षाका सम्बन्धमा विश्वविद्यालयहरुले अघील्ला मुल्याङ्कनसंगै आवश्यकताका आधारमा अन्य विधि अवलम्बन गरेर मुल्याङ्न प्रणाली विकास गर्न पनि आयोगले सुझाएको छ ।
कोरोना महामारीका कारण घरमै बस्न बाध्य विद्यार्थीको पढाईलाई जारी राख्न तथा सिकाई उपलब्धी र गुणस्तरलाई समेत कायमै राख्नकालागि आयोगले निर्देशिका बनाएको हो ।
निर्देशिकापछी परीक्षा कहिले सञ्चालन हुन्छ भन्ने अन्यौलमा रहेका र परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुको पठन पाठन सुचारु हुने अपेक्षा गरिएको छ । रासस