जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बिहान ६ बजे मौसम बुलेटिन जारी गर्दै महाशाखाले आगामी २४ घण्टे चेतावनी दिँदै वर्षा हुने क्षेत्रमा बाढी/पहिरो, डुबान तथा यातायातमा अवरोधजस्ता विपद् आउने सम्भावना रहेकाले सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको हो ।
यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान
असार १८ गते (विहिवार)
दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असार १९ गते (शुक्रबार)
दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश 5, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असार २० गते (शनिबार)
दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रासस