कोरोना भाइरसबाट संक्रमित थप एकजनाको मृत्यु भएको छ। बाग्लुङको ढोरपाटन नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका निसिखोला घर भएका २९ वर्पिषा पुरुषको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भारतबाट फर्किएर बाग्लुङ ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा रहेका २९ बर्षिय पुरुषको कोरना सक्रमणबाट मृत्यु भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङ्मा जनाकारी दिएको हो । योसँगै कोरोना सक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार ७ सय २१ जनाको नमुना परिक्षण गर्दा १८० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्र ५४ जना सक्रमित थपिएका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६८११ पुगेको छ ।
यसैबीच काठमाडौँ उपत्यकामा समुदायमा कोडिभ-१९ को संक्रमण फैलिएको छ वा छैन भन्ने विषय यकिन गर्न विभिन्न १० ठाउँबाट हजार भन्दा बढी नमुना संकलन गरी परीक्षण गरिरहेको छ । ती मध्ये काठमाडौँ उपत्यकाको तीनकुने र नख्खु क्षेत्रबाट नमुना संकलन गरिएका २२८ जनामा पीसीआर परीक्षण नतिजा नेगेटिभ आएको र अन्य नमुना परिक्षणको क्रममा रहेको मन्त्रालयले जनाएको छ । रासस