अमेरिकाले डब्लुएचओबाट बाहिरीने प्रक्रिया शुरु गर्यो

अमेरिकाले विश्व स्वास्थ्य संगठन डब्लुएचओबाट बाहिरिने औपचारिक प्रक्रिया शुरु गरेको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ र कंग्रेसलाई सोसम्बन्धी औपचारिक पत्र पठाउनुभएको छ ।

कोरोना संक्रमणको महामारी शुरु भएसंगै डब्लुएचओ चीनको नियन्त्रणमा आएको आरोप लगाउदै गत मेमै ट्रम्पले डब्लुएचओ छोड्ने घोषणा गर्नुभएको थियो ।

युरोपेली युनियन ईयू लगायतले नछोड्न गरेको आग्रह अस्वीकार गर्दै ट्रम्पले राष्ट्रसंघीय नियोग छोडी त्यसलाई प्रदान गर्दै आएको सहयोग रकम अन्यत्रै खर्च गर्ने निर्णय गर्नुभएको हो ।

अमेरिका डब्लुएचओको सबैभन्दा ठूलो दातृ मुलुक हो । उसले बार्षिक ४० करोड डलर रकम सहयोग गर्दै आएको थियो जुन डब्लुएचओको कुल बजेटको १५ प्रतिशत हो ।

प्रक्रिया पूरा हुन भने कम्तिमा १ बर्ष लाग्ने बीबीसीले उल्लेख गरेको छ ।


ताजा खबर