‘हावाबाट पनि कोरोना फैलन सक्ने तथ्य फेला पर्यो’

कोरोना भाइरस संक्रमण हावाका सुक्ष्म कण (ड्रपलेट्स) बाट समेत फैलने तथ्य फेला परेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । भीडभाड र बन्द तथा हावा आवतजावत नहुने कोठामा संक्रमण फैलने सम्भावना बढी रहेको पछिल्लो तथ्यले देखाएको डब्लुएचओले उल्लेख गरेको छ ।

सो तथ्य पुष्टी गर्ने थप आधार फेला परे घर भित्र वा हावा आवतजावत नगर्ने क्षेत्रहरुका लागि कोरोना नियन्त्रणसम्बन्धी मापदण्ड नै परिवर्तन गर्नुपर्ने डब्लुएचओका संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने प्राविधिक कमिटीका प्रमुख बेनेडेट्टा एलेग्रान्जीले बताउनुभयो ।


ताजा खबर