१५ अक्टोबर अर्थात विश्व हातधुने दिवस । यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइन्छ । नेपालमा पनि जनचेतनामुलक कार्यक्रम गरी मनाइदैँ छ ।
साबुन पानीले हात धोएमा नवजात शिशुको मृत्युदर घटाउन सकिने विशेषज्ञहरु बताउँछन् । साबुन पानीले हात धोएमा झाडापखाला र श्वासप्रश्वास सम्बन्धी संक्रमणलाई घटाउन सकिने उनीहरुको भनाई छ ।
विश्वमा बाबालिकालाई सरसफाई र स्वस्थपनाको जागरण दिलाउँन हरेक बर्ष यो दिवस मनाइन्छ । उनीहरुलाई हात किन धुनुपर्छ भन्ने विषयमा जानकारी गराउँनका लागि ठाउँठाउँमा चेतनामूलक कार्यक्रमपनि गरिन्छ ।
सरसफाईमा ध्यान नपुर्याउँदा हरेक वर्ष विश्वभर लाखौं बालबालिकाको ज्यान जाने गरेको तथ्यांकमा उल्लेख छ । त्यसैले बालवालिकाको विकास र स्वास्थ्यलाई मध्यनजर गर्दै सन् २००८, अक्टोबर १५ तारिखदेखि यो दिवस मनाउन थालिएको हो ।
खाना खानु अघि, खाना खाएपछि, शौचालय गएपछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ । यसरी हात धुँदा साबुन पानीले मज्जाले मीचीमीची धुन जरुरी छ । हात धुदाँ साबुन र सफा पानीको प्रयोग गनुपर्छ । सफा पानीको प्रयोगले हात धुदा झाडापखाला लाग्दैन ।
नेपाली समाजमा केहि समय अगाडिसम्म माटो र खरानी पानीले हात धुने चलन थियो, तर माटो वा खरानी पानीले भन्दा साबुन पानीले हता धुनु प्रभावकारी हुने चिकित्सकहरु बताउँछन् ।
विश्व स्वास्थ संगठनका अनुसार शौचालय गएपछि, बच्चाको न्यापीस वा थाङ्गना चलाएपछि, कोपरा फालेपछि, खाना खानुअघि र पछि , पकाउँनु अघि, काँचो खानेकुरा छोएपछि या बिरामी हरुलाई भेट्नु अघि र भेटेपछि, धुम्रपान गरेपछि, फोहोर छोएपछि, खेतबारीमा काम गरेपछि, जनावरहरुलाई छोएपछि पनि हात धुन जरुरी भएको उल्लेख गरिएको छ ।
बालबालिकालाई नियमित हात धुने बानी बसाल्न जरुरी छ किनकि हात सफा भएमा खानेकुराबाट लाग्ने सरुवा रोगको संक्रमणबाट बचाउन सकिने चिकित्सकहरु बताउँछन् ।
हाम्रो हातमा आखाँले सजिलै देख्न नसकिने साना किटाणुहरु हन्छन् । यि किटाणुहरु जाने गरी हात नधोएमा बिरामी पर्न सकिन्छ । हात नधोएकै कारण विभिन्न रोगको शिकार हुनुभन्दा केहि समय लगाएर हात धोएरमा स्वस्थ्य रहन सकिन्छ ।