थप २५५ मा कोरोना : नेपालमा कुल संक्रमित १६४२३

नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २५५ जनामा संक्रमण देखिएको हो।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६ जना, ललितपुरमा ७ जना संक्रमित देखिएका छन्।

हालसम्म उपत्यकाका काठमाडौंमा १९१ जना, ललितपुरमा ५६ र भक्तपुरमा ४३ जना संक्रमित देखिएका छन्।  उपत्यकामा तीन जिल्लामा हालसम्म २९० कोरोना संक्रमित देखिएका छन्।

पछिल्लो २४ घण्टामा देशभर २५५ जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ।

आज थपिएका २५५ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २५३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ७७५२ पुगेको छ।

कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ।


ताजा खबर