अहिलेसम्मकै धेरै कोभिड-१९ का संक्रमित भेटिएपछि अष्ट्रेलियाको मेलवर्न शहरमा पुनः लकडाउन

कोभिड-१९ का संक्रमितहरुको संख्या फेरि बढ्न थालेपछि अष्ट्रेलियाको मेलवर्न शहरमा ६ हप्ताका लागि फेरि लकडाउन गरिएको छ ।

संक्रमण थप फैलन सक्ने त्रास बढेपछि अष्ट्रेलियाकै दोस्रो ठूलो शहरका ५० लाख बढी जनसंख्यालाई अति आवश्यक बाहेक घराबाहिर ननिस्कन निर्देशन दिइएको छ ।

प्रहरीलाई आवश्यक परेमा जुनसुकै बेला र जहाँपनि जाँच गर्न सक्ने अधिकार दिइएको छ । यसैगरी आवागमन रोक्नका लागि छिमेकी भिक्टोरियासंगको सिमा नाका पनि बन्द गरिएको छ ।

मेलवर्नमा संक्रमण फैलिएयताकै सबैभन्दा धेरै १९१ नयाँ संक्रमित भेटिएपछि पुनः लकडाउन गरिएको हो । अष्ट्रेलियामा हालसम्म ९ हजार जनामा संक्रमण पुष्टी भएको छ भने १०६ जनाको मृत्यु भएको छ ।


ताजा खबर