उपत्यकामा ४२ सहित ११८ थपिए, नेपालमा कुल सङ्क्रमित १६,६४९ : ८,१११ जना संक्रमण मुक्त भए

देशका विभिन्न आइसोलेसन सेन्टरबाट आज थप १ सय २० जना संक्रमण मुक्त भएसंगै नेपालमा हाल सम्म ८ हजार ११ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज थप १ सय २० जना संक्रमण मुक्त भएसंगै नेपालमा हाल सम्म ४८ दशमलव १ प्रतिशत संक्रमित निको भई घर फर्किएको जानकारी दिनुभयो ।

प्रवक्ता प्रा.डा. गौतमले दिनुभएको जानकारी अनुसार नेपालमा ७१ जिल्लाका ८ हजार ६ सय ३ जना कोरोना भाइरसका संक्रिय संक्रमित रहेका छन् भने धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लाका सबै संक्रमितहरू निको भई घर फर्किका छन् ।

यसैगरी आज थप १ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय ४९ पुुगेको छ ।

आज देशका विभिन्न स्थानमा रहेका २५ वटा प्रयोगशालामा ४ हजार ८ सय ६ वटा नमूना परीक्षण गर्दा थप १ सय १८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता प्रा. डा. गौतमले दिनुुभएको जानकारी अनुसार आज प्रदेश नं. १ मा ४, प्रदेश नं. २ मा २०, वाग्मती प्रदेशमा ५१, गण्डकी प्रदेशमा १३, प्रदेश नं. ५ मा १२, कर्णाली प्रदेशमा १५ र सुुदुरपश्चिम प्रदेशमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


ताजा खबर