कसका कारण भयो महाभारत युद्ध ?

वाई पी विनय

भिष्म मृत्यु शैयामा सुतेको र भिष्मका नातीहरु दुई पक्षमा भएर युद्ध निति कुल्चदै युद्ध गरेको सबै शकुनिले देख्छ । यो नै शकुनीको सफलता र महाभारत युद्धको कारण हो ।

धार्मिक ग्रन्थ महाभारत लाई कुटनिति, राजनीति, धर्म, संस्कार, आदि सवै विषयको मुख्य स्रोत मानिन्छ । महाभारत यति लामो सहित्य हो जसमा नअटेको विषय नै छैन । महाभारतको विषयमा बहस हुदा जसले जति र जस्तो बुझेको छ त्यहि अनुसार त्यहि कोणबाट बहसहरु हुने गर्दछन् । साहित्यकारहरुले महाभारतकै कथाबस्तुलाई आधार मानेर एक दर्जन बढि कितावहरु प्रकाशन गरिसकेका छन् । निलम कार्की निहारिकाले लेखेको चिरहरण, कुमार भट्टराईको अश्वस्थामा यसका पछिल्ला उदाहरण हुन । यस अघि पनि योजनगन्धा, द्रौपदि लगायतका कितावहरु नआएका होइनन । अझै पनि पात्र विशेषको विश्लेषण गरेर पुस्तक आउने क्रम जारि नै छ । महाभारतको विषयमा लेखिएका पुस्तक र बुढा पुराना देखि महाभारतको अध्ययन गरेका, कथा पढेका वा टेलिभिजनमा विआर चोपडा, रामानान्द सागरहरुले बनाएका भिज्वलाईज महाभारत हेरेका व्यक्तिहरुले बहस गर्नु पयो भने आ-आफ्नै कोण र ढंगले बहस गर्ने गरेका छन्।

महाभारतको विषयमा हुने बसह मध्य एक प्रमुख बहस हो खासमा महाभारत युद्ध कसको कारणले हुन पुग्यो । यसमा धेरै खाले तर्क वितर्क आउन सक्छन् जसलाई होइन भन्न सकिन्न तर कुन प्रमुख भन्ने विषयमा भने अन्यौलता कायमै रहन्छ । कसैले दुर्योधन इन्द्रप्रस्तमा जमिन जस्तो देखिने पोखरीमा लड्दा द्रौपदि हासेको र धृतराष्ट्रको अपमान हुने गरी अन्धाको छोरा अन्धा भनेका कारण दुर्योधन रिषाएकाले द्रोपदी सँग बदलालिन चौसर (जुवा-पासा) खेलकोको षणयन्त्र हुदै महाभारत युद्ध सम्म पुग्यो भन्ने तर्क छ । कसैले जुवा हारेर बनबास जानु परेपनि धर्मराज युधिष्ठीर राज्य पाउन युद्ध गर्दैन थिए द्रौपदीले दुषासनको छातिको रगतले नधोइ कपाल नबाध्ने भनेर कपाल खुल्ला छोडेकाले पाण्डवहरुलाई युद्ध गर्न वाध्य बनायो भनेर फेरी अर्को तर्कले पनि दोष दौपदी कै थाप्लामा हाल्ने गरेको पाईन्छ । कसैले भिष्म पितामहले पिता सन्तनु र सत्यवतिको विवाह गराउन सत्यवतिकै सन्तान राजा हुने र आफू आजिवन हस्तीनापुरको राजा नबन्ने भनेर प्रतिज्ञा गरेकाले हस्तीनापुरले कहिल्यै गतिलो राजा पाउन नसक्दा महाभारत युद्ध हुन पुगेको तर्क गर्छन । कसैले कुन्तीले कर्ण पनि आफ्नो पुत्र भएको सार्वजनिक गरिदिएको भए दुर्योधनले कर्णको बल विना युद्ध गर्ने हैसियत नै राख्दैन थियो भन्ने तर्क पनि गर्छन । कसैले भगवानी श्रीकृष्णले मृत्यु लोकमा व्यभिचार बढेकाले अधर्मको नाश गर्न युद्ध रचेकाले यो टारेर टर्ने वाला नै थिएन भनेर पनि विशलेषण गर्छन । कसैले शकुनिका कारण भान्जालाई राजा बनाउने अभिलासाले गर्दा अनेक जालझेल भयो र महाभारतको युद्ध भयो भन्छन् । यि सबै कारणहरु जायज कारण हुन कुनै कारण बढि प्रभावकारी होलान कुनै कम तर सबै कारण महाभारत युद्ध भएको हो । कुनै एक कारण होन । सबै कारणले गर्दा परिस्थितिलाई युद्ध तर्फ डोहोर्याएको हो भन्दा यसबाट सहज निकास पाउन सकिन्छ । तर पनि मेरो दृष्टिकोणमा महाभारत युद्ध हुनुमा सबैभन्दा प्रमुख कारण शकुनी नै हो र उसले युद्ध गराएर आफूले सफलता पनि हात पार्न सक्यो भन्ने लाग्छ ।

कसैले कुन्तीले कर्ण पनि आफ्नो पुत्र भएको सार्वजनिक गरिदिएको भए दुर्योधनले कर्णको बल विना युद्ध गर्ने हैसियत नै राख्दैन थियो भन्ने तर्क पनि गर्छन । कसैले भगवानी श्रीकृष्णले मृत्यु लोकमा व्यभिचार बढेकाले अधर्मको नाश गर्न युद्ध रचेकाले यो टारेर टर्ने वाला नै थिएन भनेर पनि विशलेषण गर्छन । कसैले शकुनिका कारण भान्जालाई राजा बनाउने अभिलासाले गर्दा अनेक जालझेल भयो र महाभारतको युद्ध भयो भन्छन् ।

आफ्नो दृष्टिविहिन भाई धृतराष्ट्रको विवाह गर्न भिष्म पितामह गान्धार देश पुग्छन् र राजा सँग धृतराष्ट्रिका लागि गान्धारीको हात माग्छन् । भारत वर्षमा अपराजित अजेय परर्शुराम शिष्य भिष्म आफ्ना पिता सन्तनुबाट इच्छा मरणको बरदान समेत प्राप्त व्यक्ति भएकाले उनको आग्रहलाई कसैले टार्न सक्ने अवस्था नै थिएन । छोरीलाई दृष्टिविहिनको हातमा सुम्पनुपर्ने वाध्यताले संकोचमा परेका गान्धार नरेश र राजकुमार सकुनीले केहि निर्णय गर्न नपाउँदै गान्धारी स्वंयमले बुहारी बन्न स्वीकार गर्दै त्यतिनै बेला आफ्नो आँखामा पट्टि बाधेर आफूपनि धृतराष्ट्र जस्तै हुने निर्णय गर्दै भिष्म पितामहलाई ढोग्छीन । यो देखिरहेका राजकुमार शकुनिमा तत्कालै भिष्म प्रति आक्रोस आउछ तर दिदी गान्धारीले निर्णय गरिसकेकाले केहि गर्न सक्ने अवस्था नै रहदैन । यद्यपि शकुनीले भिष्मको यो अन्यायको बदला लिने प्रण गरेर दिदी सँगै आफूपनि हस्तीनापुर आउने निर्णय गर्छन र हस्तीनापुर दरबारमै बस्न थाल्छन् । खासमा महाभारत युद्धको सुरुवात भनौ या झगडाको विउ यहिबाट रोपिएको हो । शकुनिको भिष्म सँग बदला लिने योजना सँगै ।

लामो युद्धको थकान मेट्न बन गएका राजा पाण्डु, भार्ग ऋषि दम्पतीलाई भुलबस शब्दभेदी बाणले हानेर हत्या गर्न पुग्छन । त्यसको प्राश्यश्चित गरिरहेकै समयमा ऋषिको श्राप अनुसार अज्ञानतावस माद्रि सँगको समागमा मृत्युबरण गर्न पुग्छन । पाण्डुको मृत्यु पछि हस्तीनापुरको राजा बनेका धृतराष्ट्रिका पुत्र दुर्योधन राजा हुने कि पाण्डु पुत्र युधिष्ठीर राजा हुने भन्ने विषयमा भएको टकराव नै महाभारत युद्धको प्रमुख कारण हो । हस्तीनापुर राज सिंहासनलाई पाण्डुको नासो सम्झने धृतराष्ट्रले युधिष्ठीरलाई युवराज बनाएर राज्य सुम्पने तयारी गर्नुपर्ने हो । तर धृतराष्ट्र जेष्ठ पुत्र भएर पनि दृटिविहिन भएका कारण भाई पाण्डुलाई राजा बनाईएकोले हस्तीनापुर राज सिंहासनमा आफ्नै अधिकार रहेको सोच्न थाल्छन् । आफ्नो अधिकार खोसेर पाण्डुलाई राजा बनाएकाले आफू अन्धो भएपनि दुर्योधन अन्धो नभएकाले अब राजा आफ्नो पुत्र हुनु पर्ने उनको धारणा देखापर्छ । यो धारणा धृतराष्ट्रमा ल्याउन शकुनिको भूमिका प्रमुख रहन्छ ।

भिष्मपितामह, द्रोणाचार्य, महामन्त्री विदुर लगायतको दृटिकोण पाण्डु पुत्र युधिष्ठीर दुर्योधन भन्दा जेष्ठ समेत भएकाले युवराज युधिष्ठीर हुनु पर्दथ्यो । तर घोषणा गर्ने ठाउँमा महाराज थिए धृतराष्ट्र । उनि आफ्नो छोरोलाई युवराज नबनाएर भाईको छोरालाई कसरी बनाउन सक्थे ?

धृतराष्ट्रले हस्तीनापुरको सिंहासनको उत्तराधिकारी नै आफूलाई सोच्नु अन्यथा होइन । आफू दृष्टीविहिन भएका कारण भाई पाण्डुलाई मिलेको सिंहासन बल्ल आफूमा आएको र राजा आफ्नै पुत्र दुर्योधन हुनु पर्ने उनको तर्क लाई पनि नकार्न सकिन्न । तर यो तर्क धृतराष्ट्र आफै आएको होइन । भाईको मृत्यु पछि टुहुरा बनेका पाण्डवहरु प्रति धृतराष्ट्रको बढि जिम्मेबारी थियो । त्यसैले युधिष्ठीरलाई राजा हुनबाट रोक्नु धृतराष्ट्र आफैका लागि चुनौतिपूर्ण थियो । शकुनिको बारम्बारको दबाव र उनमा जागृत गरेको असिमिति पुत्र मोहन नै महाभारत युद्धको प्रमुख कारण हो ।

शकुनिलाई भान्जो राजा हुनु नहुनमा खासै फरक थिएन । उसको लडाई भिष्म पितामह सँग बदलाभावको लडाई थियो । जुन दिन भिष्म पितामहले दिदी गान्धारीलाई दृष्टिविहिनको श्रीमती बनाउने प्रस्ताव लिएर गान्धार देश गएका थिए त्यहि दिन देखि शकुनिमा भिष्म र उनको आर्श हस्नापुर सँग बदला भाब आएको थियो । भिष्मको इच्छा पाण्डवहरु प्रति देखेर भिष्म सँग बदला लिनकै लागि शकुनिले पाण्डवहरुलाई मार्न लाहाको घर बनाउने देखि भिमलाई विष हालेको खिर खुवाएर पोखरीमा फाल्ने सम्मका हर्कतहरु गर्न लगाएको थियो । भने अन्तिममा पासा खेलाएर आफ्नो कपटले पाण्डवहरुलाई जङ्गल पठाएपछि महाभारको युद्ध गराउन र हस्तीनापुरलाई छिन्नभिन्न पारेर भाई–भाईमा युद्ध गराएर भिष्म पितामहको हस्तीनापुरलाई युद्धभूमि बनाउन मात्र होइन कुलकी बुहारी द्रोपदीको हस्तीनापुरकै राजसभामा बस्त्रहरणको प्रयास गरेर सारा हस्तीनापुर निबासिलाई लज्जति बनाउन सफलता हासिल गरेका थिए ।

यि घटना क्रमलाई विश्लेषण गर्दा महाभारत युद्ध हुनुमा सकुनी प्रमुख कारक तत्वको रुपमा मात्र देखिदैनन भिष्म सँग बदला लिने विषयमा उनि सफल पात्रको रुपमा समेत चित्रित हुन्छन । महाभारत युद्धमा सहदेवले तरबार युद्धमा शकुनिलाई मार्छन । तर शकुनि मरे पनि युद्ध रोकिन्न । दुर्योधन मारिएको शकुनिले देख्नु पर्दैन । तर भिष्म मृत्यु शैयामा सुतेको र भिष्मका नातीहरु दुई पक्षमा भएर युद्ध निति कुल्चदै युद्ध गरेको सबै शकुनिले देख्छ । यो नै शकुनीको सफलता र महाभारत युद्धको कारण हो ।

लेखक सफल नेपाल साप्ताहिक तथा सफल नेपाल डट कमका सम्पादक हुनुहुन्छ ।

ताजा खबर