फिफा बरीयतामा नेपाल १ सय ७० औं स्थानमा यथावत

विश्व फुटबल महासंघ फिफाले आज सार्वजनिक गरेको विश्व वरीयतामा नेपाल १ सय ७० औं स्थानमा यथावत छ ।

कोरोना महामारीका कारण विश्वभरका फुटबल गतिविधि प्रायः ठप्प रहँदा वरीयता पनि फेरबदल भएको छैन ।

अघिल्लो महिना पनि नेपाल यही स्थानमै थियो । दक्षिण एसियामा भारत सबैभन्दा अगाडि १ सय ८ औं स्थानमा यथावत छ । अफगानिस्तान १ सय ४९ औं, माल्दिभ्स १ सय ५५ औं स्थानमा छन् ।

नेपालभन्दा पछाडि बंगलादेश १ सय ८७ औं स्थानमा, भुटान १ सय ८९ औं र पाकिस्तान २ सय ३ स्थानमा छन् ।

वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत छ , त्यसपछि क्रमसःफ्रान्स, ब्राजिल, इंग्ल्यान्ड, उरुग्वे, क्रोएशिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना र कोलम्बिया शीर्ष १० भित्र छन् ।


ताजा खबर