देशका विभिन्न स्थानमा रहेका अस्पताल तथा आइसोलेसन सेन्टरबाट आज थप २ सय ८५ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फकिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज थप २ सय ८५ जना संक्रमण मुक्त भएसंगै हालसम्म संक्रमण मुक्त हुनेको कूल संख्या ११ हजार ५ सय ३४ जना पुगेको छ ।
हाल सम्म कूल संक्रमित हरू मध्ये ६६ दशमलव १२ प्रतिशत संक्रमण मुक्त भएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
यसैगरी आज थप १ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै नेपालमा हाल सम्म १७ हजार ४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
देशका विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरहरूमा अहिले ५ हजार ८ सय ७१ जना सक्रिय संक्रमितहरूको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार हाल सम्म प्रदेश नं. १ मा ८ सय १५, प्रदेश नं. २ मा ४ हजार ४ सय ८०, वाग्मती प्रदेशमा ८ सय ५१, गण्डकी प्रदेशमा १ हजार ३ सय ५७, प्रदेश नं. ५ मा ४ हजार १ सय ३५, कर्णाली प्रदेशमा १ हजार ८ सय ४ र सुदुर पश्चिम प्रदेशमा ३ हजार ३ जनामा संक्रमण पुष्टि भएको छ ।
कूल संक्रमितहरू मध्ये ८७ प्रतिशत पुरूष र १३ प्रतिशत महिला रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा गौतमले जानकारी दिनुभयो ।
यसैगरी, विपिकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सप्तरी राजविराजका ७३ वर्षिय पुरूषको मृत्यु भएपछि नेपालमा कोरोना भाइरस संक्रमण पछि मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
खोकी, ज्वरो तथा श्वासप्रश्वासमा समस्या भएपछि उपचराका लागि अस्पताल भएका पुरूषमा मुटु तथा मधुमेहको समेत समस्या रहेको र उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।