सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवासतर्फ लागेका छन् ।
अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष प्रचण्ड पनि शीतल निवासतर्फ लागेको स्रोतले बतायो । प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म सत्तारुढ नेकपाको सचिवालय बैठक बसेको थियो ।
बैठकमा पार्टीमा देखिएको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएको जनाइएको छ ।