महामारीबाट बाहिरिँदै गरेको बेलायतबाट के सिक्ने ?

  • कृष्णप्रसाद शर्मा

गत डिसेम्बरको अन्तिम सातामा चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को महाव्याधिबाट बेलायत बाहिरिन थालेको छ । यो महामारीबाट निकै प्राभावित भएका देशहरूमध्ये बेलायत पनि एक हो । अहिले भने यहाँ यो महामारीको असर निकै कम हुँदै गएको देखिएको छ । बेलायतमा हालसम्म करीब ४६ हजार मानिसको यसै महामारीका कारण मृत्यु भएको छ । हिजोआज भने दिनमा १०० भन्दा कमैको ज्यान जाने गरेको छ । यहाँ महिना दिनअघि सम्म कुनै दिन त एक हजार २०० सम्मको पनि मृत्यु भएको थियो । यहाँ यस महामारीबाट नेपाली पनि हाल सम्म ६७ जनाको मृत्यु भइसकेको छ ।

बेलायतमा सरकारले तोकेको बन्दाबन्दी बिस्तारै खुकुलो हुँदैछ भने जनजीवन सतर्कता साथ सामान्यतर्फ उन्मुख भइरहेको छ । बेलायतमा नेपालमा जस्तै वार्षिक रुपमा अर्थात् मनसुनको बेलामा आउने बाढीका लागिसमेत पूर्व तयारीस्वरुप समितिसमेत गठन हुने गरेका छन् । ती समितिहरुको समन्वयात्मक कार्यका कारण जति ठूलो बाढी आए पनि बढीमा १० दिनभित्रै त्यसको व्यवस्थापन गर्ने गरेको पाइएको छ । कोरोना जस्ता महामारी भने यहाँका लागि पनि आकस्मिक नै थियो । यसका लागि पूर्वतयारीको अवस्थामा रहने कुरा भएन । त्यसैले तयारी गर्दागर्दै पनि यहाँ यो महामारीबाट ठूलो सङ्ख्याका नागरिकको ज्यान गयो । तर अझै धेरैको मृत्यु हुन्छ भनिएकामा त्यसलाई रोक्न यहाँको सरकारले निकै ठूलो प्रयत्न गरेको थियो । अहिले गरिएका विश्लेषणहरुमा सरकारले समयमै प्रभावकारी काम गर्न सकेकाले महामारी फैलिन नपाएको र धेरैको ज्यान बचेको बताउने गरिएको छ । यसरी सरकार अरू हजारौँ मृत्यु रोक्न सफल भएको यहाँका वैज्ञानिकहरूको भनाइ छ ।

नेपालमा जस्तै बेलायतमा पनि सरकारलाई सल्लाह दिने निकाय छन् र ती सल्लाह र सुझावहरुलाई यहाँको सरकारले ठीक तरिकाले प्रयोग गर्ने गरेको छ । कोरोना देखिएपछि सरकारका स्वास्थ्य सल्लाहकारहरूले बन्दाबन्दी नगरिए दुई लाख पचास हजार मानिसको ज्यान जाने बताएका थिए । शुरुमा यसलाई वास्ता नगरेपछि मृत्यको सङ्ख्या पनि एक्कासि बढ्यो र प्रधानमन्त्रीले पुनः बैठक बोलाएर वैज्ञानिकहरूको सो चेतावनीका बारेमा छलफल पनि गर्नुभयो । त्यसपछि सरकारले २३ मार्चमा बन्दाबन्दीको घोषणा ग¥यो । बन्दाबन्दी घोषणा गरेलगत्तै जनताका नाममा सरकारले अपिल गरेर यो सङ्कटमा सहयोग गर्न आग्रह पनि ग¥यो ।

जनतालाई सुरक्षित राख्न यहाँको सरकारले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड निकाल्यो । त्यस्तै स्वास्थ क्षेत्रमा काम गरेका पूर्वकर्मचारीहरुलाई सहयोगका लागि आह्वान पनि ग¥यो । यसरी गरिएको आह्वानमा १० दिनको बीचमा स्वास्थ सेवामा काम गरेर अवकाश पाएका पाँच लाख कर्मचारीले स्वयंसेवकका रुपमा काम गर्न तयार भए । जनताबाट पाएको यो साथले सरकारलाई आत्मबल थपियो । नागरिकबाट साथ पाएपछि सरकारले कसरी काम गर्न सक्छ भन्ने उदाहरण यहाँ राम्रोसँग देख्न सकियो ।

कोरोना आएसँगै सरकारले सेना परिचालन ग¥यो । बेलायती सेनामा गोर्खा सैनिकको पनि ठूलो योगदान छ । यो कोरोनाको समयमा पनि गोर्खा बटालियनको अग्रसरतमा १० दिनमा चार हजार जनासम्म बिरामी राख्न सकिने गरी लन्डनमा नाइटिङ्गल अस्पताल निर्माण भयो । जसमा ५०० वटा आइसियू कक्षसमेत बनाइएको थियो । हाल कोरोनाका बिरामी घटेसँगै यो अस्पताल क्यान्सर अस्पतालका रुपमा रुपान्तर भइसकेको छ । तर नेपालमा भने कोरोना महामारी भित्रिएपछि के कति अस्पताल बने वा भएका अस्पतालहरुको पनि के कस्तो व्यवस्थापन गर्न सकियो भन्ने कुरा हामीले मनन गर्नुपर्दछ ।

मार्च २३ देखि बन्दाबन्दीको घोषणा गर्दा बेलायत सरकारसँग मुस्किलले दैनिक तीन हजार जनाको मात्र पिसिआर परीक्षण गर्नसक्ने क्षमता थियो । तर आजको दिनमा ८० हजार एन्टिबडी टेष्टसहित पिसिआर टेष्टको क्षमता दुई लाख ५२ हजार ८४ पु¥याइएको छ । यो अर्को महत्वपूर्ण कारण बन्यो कोरोनाको नियन्त्रणका लागि । बेलायतका इङ्ल्यान्ड, स्कटल्यान्ड, नर्दन आयरल्यान्ड, वयल्स सबै ठाउँमा आजको दिनमा आवश्यकता हेरेर घरघरमा किट पठाउने व्यवस्था गरिएको छ भने स्वास्थकर्मीहरुलाई समेत पछिल्लो समयमा विशेष प्राथमिकताका साथ कोरोना परीक्षण गराइएको छ ।

कोरोना सङक्रमणलाई फाइदाका रुपमा लिन खोज्ने कतिपय मेडिकल क्षेत्रका संस्थालाई कार्वाहीको दायरासमेत ल्याइएको छ । लन्डनको हार्ली स्ट्रिट भनेको निजी अस्पताल र क्लिनिकहरु भएको ठाउँ हो । कोरोनापछि यहाँको एक क्लिनिकले प्रतिव्यक्ति पिसिआर परीक्षण गरेको ५०० पाउन्डसम्म लिएपछि अनुसन्धान थालियो । उक्त क्लिनिकले बजार भाउभन्दा तीन गुना बढी लिएको देखिएपछि उक्त क्लिनिक बन्द गरी क्लिनिकका मालिकको लाइसेन्स खारेज गरेको सार्वजनिक सूचना सरकारले प्रसारण गरेको थियो । यसले गर्दा यहाँ जनताले बाहिर गएर होइन सरकारले नै टेष्ट किट दिन्छ भनेर कुरे र पाइरहेका पनि छन् । कोरोना देखिएपछि सरकारले स्वास्थ सामग्री खरिद गर्न पनि जतिसक्दो छोटो बाटो अपनाएको थियो । चीनबाट करीब छ लाख पाउन्ड बराबरको किटसमेत गरी अरू मेडिकल सामग्री ल्याउने निर्णय भयो । तर पछि भने उक्त किट गुणस्तरहीन भएको र सुरक्षा मापदण्ड पूरा नगरेको देखिएपछि सम्पूर्ण सामग्री फिर्ता गरेर रकम पनि फिर्ता माग्यो । पछि भने बेलायतको फ्रान्सिस क्रिक इन्स्टिच्युटमा आबद्ध वैज्ञानिक डा चाल्स स्वोटनको समूहले पिसिआर टेष्ट किट बनाउन थाल्यो । जसका कारण अहिले यहाँ किटको अभाव छैन । तर नेपालमा भने लामो समयसम्म पनि स्वास्थ्य सामग्री खरिदका विषयमा लामो समयदेखि ने अलमल देखिएको थियो । हामीले किट बनाउने कुरा त कल्पना बाहिरको कुरा रह्यो तर खरिद गर्नसमेत समयमा सकेनौँ ।

कोरोना देखिएपछि स्वास्थ्यसँग सरोकार राख्ने अधिकांश सङ्घसंस्थाले अध्ययन अनुसन्धान थाले र यसका कारण कुन ठाउँमा कुन गतिमा यो सङ्क्रमण फैलिन्छ भन्ने तालिका नै प्रकाशन गरेर । त्यो अनुमानले सरकार तथा नागरिकलाई पनि सोही अनुसारको सावधानी अपनाउन भनियो र सजिलो पनि भयो । बन्दाबन्दीको घोषणा भएकै दिनदेखि अधिकांशले सरकारले भनेबमोजिम मात्र आवतजावत गरे । नागरिकले सरकारको आदेशको पूर्णतया पालना गरे । अत्यावश्यकबाहेक बाहिर नहिँड्न भनेपछि बेलायतीहरु निकै सावधानीका साथ बाहिर निस्के । बिनाकारण निस्कनेहरुलाई प्रहरीले ठूलो रकम जरिवाना तिरायो । स्कुल कलेज अझै पूर्णरुपमा खुलेका छैनन् तर जहाँ थोरै मात्रामा खुलेका छन् त्यहाँ अभिभावकहरूको मत बुझेर सर्भेका आधारमा खुला गरिएको हो । अधिकांश अभिभावकहरु बालबालिका पठाउन अनिच्छुक देखिएका कारण विद्यालय खोल्न पनि हतार गरिएन ।

कोरोनाका कारण रोजगारी गुमाउनु परेका नागरिकलाई उनीहरुले खाइपाइ आएको तलबको ८० प्रतिशत राहात रकम दिने घोषणा सरकारले ग¥यो । यसका कारण पनि नागरिकलाई बाहिर निस्कन त्यति हतार गर्नुपरेन । तर अत्यावश्यकलाई भने सरकारको रोकतोक थिएन । साथै बैंकहरूले घरजग्गा किन्दा दिँदै आएको मासिक किस्ता तीन महिनाका लागि तिर्न नपर्ने भनेर सरकारले घोषणा गरिदियो । यसका कारण आर्थिक सङ्कटको महसुस पनि कम हुन गयो । जसले गर्दा सामाजिक दुरी लगायतका सावधानी प्रभावकारी बन्यो ।

कोरोनाको रोकथामका लागि बेलायतमा खोपको विकास भइसकेको छ । तीन हप्ताअघि खोपको परीक्षण समेत भएको थियो । जसले भ्यान्टिलेटरमा रहेका विरामीलाई ४० प्रतिशत र अन्यलाई साठी प्रतिशत काम गरेको जानकारी दिइएको छ । यसलाई अब क्लिनिकल्ली अनुमोदन गर्न बाँकी छ । सम्भवतः दुई तीन हप्तामा यो प्रक्रिया पनि पुरा भइ बजारमा आउने अनुमान गरिएको छ । बताइएअनुसार सात दिनका लागि बनाइएको डोज (मात्रा) का लागि प्रत्येक दिन पाँच पाउण्ड लाग्ने र एक हप्तामा ३५ पाउण्ड पर्ने छ । जसको नेपाली मूल्य केवल पाँच हजार पर्ने देखिन्छ ।

जनस्तरबाट ठूलो सहयोग भएका कारण पनि कोरोना सोचेभन्दा छिटो काबुमा आएको यहाँका सरकारी अधिकारी र वैज्ञानिकहरुको भनाई छ । सरकारले गर्न खोजेका धेरै काम थिए तर आर्थिक हिसाबले अलि कठिन हुन पुगेको यस क्षेत्रका अधिकार बताउँछन् । तर जनता आफैँ सरकारका लागि सहयोग जुटाउन लागि परे । जस्तो कि यहाँका एकजना ९२ वर्षिय बेलायती सेनाका पूर्व अधिकारी टम मुरले यहाँको स्वास्थ संस्थाका लागि बन्दाबन्दीका बेला आफ्नै घरको बगौंचामा दैनिक हिँडेर २९ मिलियन पाउण्ड रकम उठाए । जुन रकम १० दिनमा बनेको नाइटिङ्गल अस्पतालका लागि खर्च गरियो । टमकै प्रभावबाट सयौँले थोरै धेरै पैसा उठाएर स्थानीय र केन्द्रीय अस्पताललाई सहयोग गरेका थिए ।

यस्तै यहाँका निजी अस्पतालहरूले पनि सरकारलाई सहयोग गरे । निजी अस्पतालहरूले आफ्ना ८०० वटा वेड सरकारलाई प्रयोग गर्न दिए । उनीहरूले बेड मात्रै नभएर सो अस्पतालमा भएका सबै उपकरण समेत दिए । यतिमात्र होइन बेलायतका अस्पतालमा यहाँका रेष्टुरेण्ट व्यवसायी तथा अन्य ठूला उद्योगले निःशुल्क खाना र कपडा समेत दिएका छन् । हरेकहप्ता जसो प्रत्येक विहीबार साँझ ८ बजे स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको हौसला बढाउन घरबाट बाहिर निस्केर एक मिनेट ताली बजाउने काम पनि लण्डनमा सबैतिर भएको थियो । बन्दाबन्दी भएलगत्तै सरकारले उद्योगपतिहरूलाई बोलाएर अस्पतालका लागि अत्यावश्यक औजार, भ्यान्टिलेटर र पिपिई उत्पादक गरिदिन अनुरोध ग¥यो । उनीहरुले सरकारको सो आग्रहलाई माने र उत्पादन बढाए । त्यसै अनुरुप उत्पादन थपिँदै गएको छ । हाल बजारमा आएका कमसल खालका कुनै पनि पिपिई प्रयोग नगर्न साथै अनलाइनमा पाइने सस्ता मास्कहरु पनि प्रयोग नगर्न अनुरोध गरिएको छ भने अस्पतालमा पुग्ने सबैलाई शुरुमा निःशुल्क मास्क दिएर मात्र अस्पताल प्रवेश गर्न दिइएको छ ।

समग्रमा बेलायतमा यो महामारीमा जनस्तरबाट व्यापक सहयोग भयो भने सरकारले पनि गर्नसक्ने जति काम बेलैमा ग¥यो । अझै पनि सरकारले गर्न सक्ने काममा थोरै ढिला भएको महसुस यहाँका नागरिकले गरेका छन् र आगामी दिनमा पनि यस्तै महामारीको सामना गर्नुपर्ने अवस्था आयो भने त्यसका लागि यो अवस्थालाई पाठका रुपमा लिन नागरिकले दिएका सुझावलाई सरकारले सहजै ग्रहण गरिरहेको जनाएको छ । यहाँको विपक्षी राजनीतिक दलले पनि यो महामारीलाई राजनैतिक रुपमा नभएर सरकारलाई कसरी सहयोग गर्न सकिन्छ भनेर हे¥यो र सह्यो पनि ग¥यो । तर नेपालमा भने कोरोनाका सङ्क्रमितहरुका साथै यसबाट मृत्यु हुनेको सङ्ख्या बढदो देखिएको छ । नेपालमा अस्पताल तथा क्वारेन्टिनमा कोरोना भाइरसका सङ्क्रमितहरु रहेका छन् । त्यसैले पनि हामी नेपालीहरुले विश्वका अरु देशले कोरोना भाइरसलाई के कसरी जिते भन्ने बारेमा उनीहरुका अनुभवहरु लिन सकिन्छ । महामारीका सङ्क्रमित र मृत्यको सङ्ख्या प्रतिदिन बढ्दै गएको नेपालमा बेलायतले गरेका यी माथिका केही कार्यहरुबाट धेरै सिक्न सकिने देखिन्छ ।


ताजा खबर