पोषण सुधार अभियन्ता बोनिता शर्मा सन् २०१९ को शक्तिशाली एक सय महिलाको सूचीमा परेकी छिन्। ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा शर्मा पनि अटाएकी हुन्।
समाजमा प्रभाव छोड्न सफल महिलाहरुमध्ये बिबिसीले ६ वटा क्याटेगोरी तयार पार्दै १ सय महिलाको सूची सार्वजनिक गरेको हो। पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ प्रकारमा विभाजन गर्दै १०० महिलाको सूची सार्वजनिक गरिएकोमा बोनितालाई ज्ञानको श्रेणीमा राखिएको छ।
२७ वर्षे बोनितालगायतको टोलीले ‘सोचाइ’ (सोसल चेन्जमेकर्स एन्ड इनोभटर्स) नामक संस्था स्थापना गरी विशेषतः नवीनतम सिर्जना, शिक्षा र सामाजिक उद्यमशीलतार्फत पोषण र स्वास्थ्य सुधारमा केन्द्रित भएर काम गरिरहेको छ। कुपोषण र भोकमरीको अन्त्य गर्नु नै उनीहरुको उद्देश्य हो। सन् २०१६ देखि सक्रिय रुपमा काम गर्दै आएको संस्थाले यही जेठ पहिलो साता मात्रै कम्पनी दर्ता गराएको थियो।
बोनिता र उनको संस्थाले अगाडि ल्याएको ‘पोषण र महिनावारी माला’का कारण छोटो समयमै उनीहरुको कामको रङ देखिन सुरु भएको थियो।
उनी र उनको संस्था ‘सोचाइ’ले ‘लिड २०३० च्यालेन्ज’ पुरस्कारसमेत यसै वर्ष हात पारेको थियो। दिगो विकास लक्ष्य नं २ को भोकमरी विधाअन्तर्गत १ सय देशका १२ सय प्रतिस्पर्धीलाई पछि पार्दै ‘सोचाइ’ले ५० हजार अमेरिकी डलर पुरस्कार जितेको थियो।
दिगो विकास लक्ष्यप्राप्तिका लागि ‘वन योङ वर्ल्ड’ को विश्व प्रतिष्ठित ब्रान्डहरुसँगको सहकार्यमा लिड २०३० प्रतियोगिताको आयोजना गरिएको थियो। यसका लागि विश्वभरका युवाहरुले दिगो विकास लक्ष्य प्रगतिका लागि गरिरहेको कामको खोजी गरिएको थियो। जसमा सोचाइ पनि सहभागी भयो।
यस वर्ष महिलाहरुले गरेका कार्यले भविष्यमा विश्वलाई महिलाहरुले नेतृत्व गरे कस्तो रहला भन्ने स्पष्ट संकेत गरेको बिबिसीले जनाएको छ।
युद्ध, विज्ञान, वातावरण, खेल, राजनीतिलगायतका क्षेत्रबाट एक सय शक्तिशाली महिलाको सूची तयार गरिएको हो। पोषण सुधार अभियन्ता बोनितालाई चुलोचौकोमा मात्रै केन्द्रित नभई निर्धक्कसँग बालिका तथा महिलाहरुले पनि शिक्षा हासिल गर्नुपर्छ भन्ने भावना जगाउँदै महिला तथा बालिकाको शिक्षा तथा सशक्तिकरणमा गरेको योगदानको कदर गर्दै बिबिसीले उक्त सूचीमा राखेको हो।
कुपोषणविरुद्ध लडिरहेका बालबालिकाप्रति केन्द्रित रहँदै बोनिता र उनको संस्था ‘सोचाइ’ले ‘पोषण माला’को सोच अघि ल्याएको हो। नयाँ आमाहरुका लागि आफ्ना शिशुहरुलाई कुन समयमा कस्तो खाना खुवाउने भन्ने सम्बन्धमा यो मालाले सहजीकरण गर्दछ। जसमा फरुक खानाका लागि फरक रङको माला प्रयोग गरिएको छ।
यही रचनात्मकताबाट स्वास्थ्य, शिक्षा तथा पोषणमा क्षेत्रमा उनको कदमले आगामी समयमा निक्कै प्रभाव छोड्न सक्ने भन्दै बिबिसी उक्त सूचीमा राखेको जनाएको छ।
समाजमा प्रभाव छोड्न सफल महिलाहरुमध्ये बिबिसीले ६ वटा क्याटेगोरी तयार पार्दै १ सय महिलाको सूची सार्वजनिक गरेको हो। पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ प्रकारमा विभाजन गर्दै १०० महिलाको सूची सार्वजनिक गरिएकोमा बोनितालाई ज्ञानको श्रेणीमा राखिएको छ।
२७ वर्षे बोनितालगायतको टोलीले ‘सोचाइ’ (सोसल चेन्जमेकर्स एन्ड इनोभटर्स) नामक संस्था स्थापना गरी विशेषतः नवीनतम सिर्जना, शिक्षा र सामाजिक उद्यमशीलतार्फत पोषण र स्वास्थ्य सुधारमा केन्द्रित भएर काम गरिरहेको छ। कुपोषण र भोकमरीको अन्त्य गर्नु नै उनीहरुको उद्देश्य हो। सन् २०१६ देखि सक्रिय रुपमा काम गर्दै आएको संस्थाले यही जेठ पहिलो साता मात्रै कम्पनी दर्ता गराएको थियो।
हाल उनको संस्था सोचाइलाई युनेस्कोअन्तर्गत ‘मलाला फन्ड फर गर्ल्स राइट टु एजुकेसन’ले समेत सहयोग गरिरहेको छ। त्यस अलावा ‘लिड २०३० च्यालेन्ज’ पुरस्कारसँगै सोचाइले यो विधा स्पोन्सर गर्ने आरबी ग्रुपबाट एक वर्षसम्मको मोनिटरिङको सुविधासमेत पाइरहको छ।
पोषण मालाबारे धेरैलाई जानकारी छैन।
यो हेर्दा सामान्य माला जस्तै देखिन्छ। माला भनिए पनि यो हातमा लगाउने ब्रासलेट हो। यसमा रंगीबिरंगी मोतीका दाना राखिएका छन्। सुनौला हजार दिनमा जन्मेदेखि २ वर्षमा बच्चाको ८० प्रतिशतसम्म दिमागको विकास हुन्छ। बच्चालाई पोषण र स्वास्थ्यको बारेमा जानकारी दिने ‘सुनौला हजार दिन’ सुनौलो मौकाको रुपमा लिँदै यो तयार गरिएको हो। हेर्दा समान्य लागे पनि यसले दिने अर्थ चाहिँ ठूलो छ।
पोषण मालामा २१ वटा दानाहरु रहेका छन्। जसमध्ये केही दानामा ०, ६, ९, १२ र २४ संख्या भनेर लेखिएको छ। संख्याले बच्चाको उमेर जनाउँछ भने रङले खानेकुराको समूह जनाउँछ। ० देखि ६ मा एउटा मात्र रङ सेतो छ, जसले आमाको दूध मात्र खुवाउनुपर्छ भनेर बुझाउँछ। त्यसपछि सेतो, खैरो, निलो, पहेँलो, हरियो रङले विभिन्न खानेकुरा जनाउँछ। सेतोले दूधजन्य खानेकुरा, खैरोले अन्नबाली, आलु, पहेँलोले दाल, गेडागुडी, हरियोले सागसब्जी तथा निलोले मासुजन्य परिकार बुझाउँछ। यी सबै जानकारी चित्रमार्फत दिइन्छ।
नेपाल सरकारको ‘हरेक बार खाना चार’ भन्ने पोषण नारालाई नै नयाँ प्रस्तुतीकरण दिएर सचेतना दिन खोजेको बोनिता बताउँछिन्। चित्रमा महँगा फलफूलहरु राखिएको छैन। घरमै उत्पादन हुने स्थानीय फलफूल तथा तरकारी खान सुझाव दिने गरेका छन् उनीहरुले। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्य छ उनीहरुको।