- डा. बिरोज न्यौपाने
नोभल कोरोना भाइरस अर्थात् कोभिड-१९ ले विश्वभर महामारी फैलाइरहेको अवस्था छ र नेपालमा यसका बिरामीहरु पनि बढी राखेको छ ।
यसका लक्षणहरु ८०% केही हुदैन र बाकीँ २०% लक्षणहरु देखिन्छ । यसका लक्षणहरु यसप्रकार देखिन्छ। ज्वरो आउने, सुखा खोकी, जिउ गल्ने । अरु लक्षणहरु जस्तै जिउ दुख्ने, रुघा लाग्ने, गन्ध नआउने, सास फेर्न ग्राहो हुने आदि हुन्छ । ८०% यसको निको हुन्छ । (विश्व स्वास्थ्य संगठन-२०२०)
म ENT Specialist भएर ॐ अस्पतालमा काम गरिराखेको छु र नियमित ओ.पि.डि सेवा प्रदान गरिराखेको छु । म आफु पनि विरामी हेर्दा उच्च सतर्कता अपनाएर हेर्ने गर्छु जस्तैः गाउन लगाएर, Mask लगाएर, Gloves लगाएर, चस्मा लगाएर र हरेक विरामीलाई छुनु अघि पन्जा लगाएर साथै स्यानिटाइजर लगाएर विरामी हेर्ने गर्छु । हरेक विरामीको लागि छुट्टै ENT मा प्रयोग हुने सामान प्रयोग गर्छु । म घरमा जाँदा कपडाहरु बाहिर फेरेर नुहाएर मात्र छिर्छु ।
कोरोनाको जस्ता लक्षणहरु देखिएमा हामी विरामीको Throat/Pharyngeal Swab-PCR को लागि टेस्ट पठाउछौँ र विरामीहरुलाई छुट्टै आइसोलेशन वार्डमा राख्ने गर्छै ।
कोरोनाको अहिले सम्म न कुनै औषघि न त भ्याक्सिन नै बनेको छ । यसको उपचार भनेको सिम्टोम्याटिक नै छ अहिले सम्म।
समग्रमा मेरो एउटा सानो अनुरोध छ कि अस्पताल जस्तो संवेदनशिल ठाउँमा अनावश्यक भिडभाड नगरिदिनु होला र मास्क र स्यानिटाइजर लगाएर मात्र प्रवेश गरिदिनुहोला ।
साथै चिकित्सकहरु माथि गालि गलौज र हातपात नगरिदिनुहोला । हामी चिकित्सकहरु तपाईँहरुकै लागि दिनरात खटिराखेका हुन्छौँ ।