पारस एसिड आक्रमणमा परेकी मुस्कानलाई भेट्न अस्पताल पुगे

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालसहितको नेपाली क्रिकेटरको टोलीले एसिड आक्रमडमा परेकि मुस्कान खातुनलाई भेट्न अस्पताल पुगेका छन् ।

किर्तिपुर अस्पतालमा उपचाररत खातुनलाई भेट्न प्रशिक्षक पटवालसँगै क्रिकेटर पासर खड्का, सोमपाल कामी, अभिनास बोहरासहितको टोली पुगेको थियो ।

मंगलबारमात्रै राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका खड्काले सामाजिक सञ्जाल ट्वीटरमा तस्बिर सार्वजनिक गर्दै मुस्कान सबैका लागि प्रेरणाकि श्रोत भएको बताए ।

भगवानले मुस्कानलाई अगाडि बढ्ने सहाससँगै जीवनमा खुसी देओस् भन्दै पारसले कामना समेत गरेका छन् ।

उनले एसिड आक्रमण जस्तो जघन्य अपराध गर्नेविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुनु पर्ने बताएका छन् ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै पर्साको वीरगञ्ज महानगरपालिका वडा नं ६ गणेशमान चोकमा भदौ २० गते विहान १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो । एसिड आक्रमणमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

 


ताजा खबर