सुनको मूल्य तोलामा एकैदिन ५ सय रुपैयाँ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ५ सय रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
सुनको मूल्यमा यो हालसम्मै उच्च हो ।
बिहीबार तेजावी सुनको मूल्य भने तोलामा ९४ हजार ६५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी तोलामा १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।